कर्णाली प्रदेशका मन्त्री लामाविरुद्ध उच्च अदालतमा रिट दायर « प्रशासन
Logo २१ असार २०८१, शुक्रबार

प्रशासन एक्सक्लुसिभ :

crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ? crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ? crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ? crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी  crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन  crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?  crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण
   

कर्णाली प्रदेशका मन्त्री लामाविरुद्ध उच्च अदालतमा रिट दायर


३ फाल्गुन २०७८, मंगलबार


कर्णाली । कर्णाली प्रदेशका उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री छिरिङडम्डुल लामा (कार्चेन) विरुद्ध उच्च अदालत सुर्खेतमा रिट दायर भएको छ ।

वीरेन्द्रनगर–३ निवासी विनिता बोगटीले फौजदारी कसुरमा अदालतबाट सजाय पाइसकेका व्यक्तिलाई राज्यको गरिमामय पदमा नियुक्त गरेको भन्दै आज रिट दायर गरेका थिए ।

रिटमा नैतिक पतन देखिने फौजदारी कसुरमा सजाय पाई त्यस्तो अन्तिम फैसला भएको अवस्थामा प्रदेशसभा निर्वाचन ऐन, २०७४ को दफा १३ विपरीत प्रदेशसभा सदस्यको उम्मेदवार हुन अयोग्य व्यक्तिलाई मन्त्री जस्तो गरिमामय पदमा नियुक्त गरिनु कानूनी राज्यको उपहास भएको उल्लेख छ ।

फौजदारी कसुरका दोषीलाई राज्यको महत्वपूर्ण अङ्गमा नियुक्ति गर्न मिल्ने या नमिल्ने भन्ने कानूनी प्रश्नको निरुपणार्थ गर्न माग गरिएको छ । लामालाई हुम्ला जिल्ला अदालतले मूर्ति चोरीसम्बन्धी मुद्दामा दोषी ठहर गर्दै कैद सजाय तोकेको थियो ।

रिट निवेदनमा भनिएको छ, ‘समावेशी सिद्धान्त विपरीत यही माघ २३ गते नियुक्त भएका पाँज मन्त्रीको नियुक्ति, सपथ ग्रहण, गठनलगायत स्वेच्छाचारी काम कारबाही नेपालको संविधानको प्रस्तावना प्रतिकूल भएकाले उत्पे्रषणको आदेशले बदर गरी पाऊँ ।’

साथै समावेशी सिद्धान्तबमोजिम मन्त्रिपरिषद् गठनको परमादेश जारी गर्न, संविधानविपरीत नियुक्त भएका मन्त्रीका काम कारबाहीमा रोक लगाउन अन्तरिम आदेश जारी गर्न माग गरिएको छ । रिटमा मन्त्री लामाका साथै मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, प्रदेश प्रमुखको कार्यालयलाई विपक्षी बनाइएको छ ।

मुख्यमन्त्री जीवनबहादुर शाहीले पछिल्लोपटक माघ २३ गते आफ्नो दल नेपाली कांगे्रसबाट यज्ञबहादुर बुढाक्षेत्री, हिमबहादुर शाही, नेकपा (माओवादी केन्द्र) बाट गणेशप्रसाद सिंह, छिरिङ डम्डुल लामा (कार्चेन) र नेकपा एकीकृत (समाजवादी)का तर्फबाट पदम रोकायालाई मन्त्री पदमा नियुक्तिको सिफारिस गरेका थिए ।

मन्त्रिपरिषद् समावेशी नभएको भन्दै यसअघि उच्च अदालतमा दायर भइसकेको छ । अदालतले १५ दिनभित्र कारण देखाउ आदेश जारी गर्दै विपक्षीलाई आगामी फागुन १० गते अदालतमा उपस्थित हुन भनेको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस