काठमाडौँ । सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले देशभर कार्यरत उपसचिवहरूको विवरण माग गरेको छ ।
मन्त्रालयले मंगलावार एक सूचना जारी गर्दै सबै मन्त्रालय, सचिवालय, आयोग, प्रतिष्ठान, विभाग तथा निकायहरूसँग राजपत्राङ्कित द्वितीय श्रेणी(उपसचिव)का अधिकृतहरूको नामावली पठाउन निर्देशन दिएको हो ।
स्थानीय तहको निर्वाचनका लागि मतदान अधिकृत खटाउन लागि २ दिन भित्र विवरण माग गरेको हो । आगामी वैशाख ३० गते सबै स्थानीय तहमा एकै चरणमा निर्वाचन हुँदै छ ।
