८ बैशाख २०८२, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

जलेश्वरमा बालविवाहको कहालीलाग्दो अवस्था

अ+ अ-

जलेश्वर । महोत्तरी जिल्लाको सदरमुकाम जलेश्वर नगरपालिकामा बालविवाहको कहालीलाग्दो अवस्था रहेको तथ्य सार्वजनिक भएको छ ।

नगरपालिकाको विभिन्न वडामा सेभ द चिल्ड्रेनको सहयोगमा लैङ्गिक विभेद अन्त्य परियोजना सञ्चालन गर्दै आएको रतौली युवा क्लबले वडा नं ५ मा गरेको सर्वेक्षण सार्वजनिक गर्दा यस नगरपालिकाभित्र बाल विवाहको अवस्था कहालीलाग्दो रहेको बुझिएको छ ।

क्लबले सार्वजनिक गरेको सर्वेक्षणको नतिजाअनुसार वडा नं ५ मा आर्थिक वर्ष २०७८÷७९ को अहिलेसम्म ७० प्रतिशत बालिका र ४० प्रतिशत बालकको बालविवाह भएको लैङ्गिक विभेद अन्त्य परियोजनाका कार्यक्रम अधिकृत रञ्जना पोखरेलले बताए ।

कार्यक्रम अधिकृत पोखरेलले वडा नं ५ मा गरिएको आकस्मिक सर्वेक्षणमा त्यहाँ त्यस्तो अवस्था देखिएको र अन्य वडामा पनि त्यस्तै र कुनै कुनै वडामा ८० प्रतिशत र ६० प्रतिशतसम्म बालविवाहको अवस्था रहेको बताए ।

जलेश्वरमा भइरहेको बालविवाह, छुवाछूत, लैङ्गिक विभेद न्यूनीकरणका लागि क्लबले बाल क्लब, किशोरकिशोरी सञ्जाल, मेल च्याम्पिएनजस्ता सञ्जाल गठन गरेर जनचेतनामूलक कार्यक्रम, प्रचारप्रसार, भित्तेलेखनजस्ता कार्य गर्दै आएको छ ।

जलेश्वरको १२ वटै वडामा अझै पनि बालविवाह, भेदभाव, छुवाछूत, लैङ्गिक विभेदजस्ता कुरा यथावत रहेको भन्दै वडा नं ७ का वडाध्यक्ष रामछविला यादवले जलेश्वर नगरपालिकाले अहिलेसम्म बालबालिकाको संरक्षण सम्वद्र्धन तथा यस्ता कुरीति रोक्नका लागि कुनै पनि नियम कानून बनाउन नसकेको बताए ।

जलेश्वरमा भइरहेको बालविवाह न्यूनीकरणका लागि नगरपालिका, वडा कार्यालय तथा निर्वाचित जनप्रतिनिधिले महत्वपूर्ण भूमिका खेल्न सक्ने तथा कडा कानून ल्याएर नगरपालिकालाई बालविवाहमुक्त नगर घोषणा गर्नुपर्ने माग क्लबका कार्यकारी निर्देशक वैद्यनाथ चौधरीले गरे ।

यस सम्बन्धमा नगपालिकाका उपप्रमुख मुनचुन देवीले बालबालिकाको क्षेत्रमा नगरपालिकाले अहिलेसम्म कुनै पनि ऐन, नियम तथा कानून बनाउन नसकेको बताए ।

प्रतिक्रिया दिनुहोस