वीरगञ्ज । शहरी विकासमन्त्री रामकुमारी झाँक्रीले बाराका विभिन्न स्थानमा दलित समुदाय बसोबास गर्ने बस्तीको अवलोकन गरेकी छन् ।
बाराको मतिअरिया, सगरदिना र मम्झौलीको मन्त्री झाँक्री अवलोकन गरेकी हुन् ।
मन्त्री झाँक्रीले शहरी विकास मन्त्रालयअन्तर्गत बारामा सञ्चालित विभिन्न योजनाको अवलोकन गरेकी हुन्। उनले हिजो बाराको कलौया, विजुलपुर, बरेवा दरबार गेट, बसतपु, गम्हरिया, पचायनपुरलगायत क्षेत्रमा निर्माधिन योजना तथा आयोजनाको अवलोकन गरेकी हुन् ।