१० बैशाख २०८२, बुधबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

तनहुँ जलविद्युत् आयोजनाबाट सुख्खायाममा पनि विद्युत् आपूर्ति सहज हुने

अ+ अ-

तनहुँ । ऋषिङ गाउँपालिका–१ स्थित झापुरटारमा निर्माणधीन १४० मेगावाट क्षमताको तनहुँ जलविद्युत् आयोजनाले सुख्खायाममा पनि विद्युत् आपूर्ति सहज गराउने भएको छ ।

सुख्खायाममा देशको विद्यमान ऊर्जा आपूर्तिको समस्या हटाउन आयोजनाको ठूलो योगदान रहनाका साथै स्थानीय स्रोत साधानलाई अधिकतम उपयोग गरी देशको आर्थिक एवं सामाजिक क्षेत्रको विकासमा थप टेवा पुग्ने अपेक्षा गरिएको छ ।

आयोजनाका लागि सेती नदीमा १४० मिटर अग्लो र २१५ मिटर लामो क्रङ्क्रिट बाँध निर्माण गरिने आयोजनाका प्रबन्ध सञ्चालक किरण कुमार श्रेष्ठले जानकारी दिए ।

जलाशययुक्त यस आयोजनालाई बढी विद्युत् माग हुने हिउँदयाममा समेत दैनिक करिब छ घण्टा पूर्ण क्षमता (१४० मेगावाट) मा चलाउन सकिने, र भारतबाट विद्युत् आयात घटाउन आयोजनाको महत्वपूर्ण भूमिका रहने अपेक्षा गरिएको उनको भनाइ थियो ।

विद्युत् उत्पादन शुरु भएको पहिलो दश वर्षसम्म वार्षिक औषत विद्युत् उत्पादन ५८ करोड ७७ लाख र त्यसपछि ४८ करोड ९९ लाख युनिट उत्पादन हुने लक्ष्य रहेको छ ।

‘आयोजनाको जलाशय सात दशमलव २६ वर्गकिलोमिटर क्षेत्रफलमा फैलिने छ ।’ प्रबन्ध सञ्चालक श्रेष्ठले भने, ‘आयोजनाको जलाशय बाँधदेखि सेती नदीको माथिल्लो तटीय भेगको करिब १८ किलोमिटरसम्म फैलनेछ ।’

सेती नदीको दायाँ किनार हुँदै ७४ मिटर व्यासको एक हजार २६२ मिटर लामो सुरुङमार्फत बाँधभन्दा करिब पाँच किलोमिटर तल्लो तटमा रहने भूमिगत विद्युत्गृहमा पानी पुर्याएर विद्युत् उत्पादन गरिनेछ ।’

विद्युत्गृहमा ७०÷७० मेगावाटका दुईवटा फान्सिस टर्वाइन रहनेछन् । आयोजनाबाट उत्पादित विद्युत् २२० किलोभोल्टको डबल सर्किट प्रसारण लाइनमार्फत नेपालको राष्ट्रिय प्रसारण प्रणालीमा प्रवाहित गरिने प्रबन्ध सञ्चालक श्रेष्ठले बताए ।

उनकाअनुसार आयोजनाको विद्युत्गृहदेखि चितवनको भरतपुरस्थित सवस्टेशनसम्म करिब ३७ किलोमिटर प्रसारण लाइनका लागि ९४ वटा टावर निर्माण गरिनेछ ।

आयोजनाबाट जिल्लाको ऋषिङ गाउँपालिका, म्याग्दे गाउँपालिका, भीमाद नगरपालिका, व्यासनगरपालिका र बन्दिपुर गरी पाँच पालिकाका केही वडाका बासिन्दालाई असर पर्नेछ । निजी जग्गाधनीलाई मुआब्जा दिइ जग्गा अधिग्रहण गरेर आयोजनाको निर्माण कार्य अघि बढाइएको सो आयोजनाले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस