६ बैशाख २०८२, शनिबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

विद्युतीकरणमा देखिएको समस्या समाधान गर्न निर्देशन

अ+ अ-

जाजरकोट । कर्णाली प्रदेशका जलस्रोत तथा ऊर्जा विकासमन्त्री गणेशप्रसाद सिंहले विद्युतीकरणमा देखिएको समस्या समाधानका लागि सम्बन्धित निकायलाई निर्देशन दिएका छन् ।

विद्युतीकरण गर्दा रुख कटानलगायतका समस्या पटक पटक आउँदा काम प्रभावित हुने गरेको गुनासो आएपछि मन्त्री सिंहले आज उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयका सचिव मोहनदेव जोशी, विद्युत् प्राधिकरण कर्णाली प्रदेशका प्रमुख शम्भु कुसियत यादव र वन निर्देशनालयका प्रदेश निर्देशक गोविन्दप्रसाद दाहालबीचमा भएको छलफलपछि उनले सो निर्देशन दिएका हुन् ।

कोहलपुरादेखि सुर्खेतसम्म १३३ केभी प्रसारण लाइन र पश्चिम सुर्खेतमा देखिएको समस्याका बारेमा पनि छलफल भएको मन्त्री सिंहले बताए । उनले योभन्दा अगाडि प्रदेशका १० जिल्लाका नेपाल विद्युत् प्राधिकरणका प्रमुख र खानेपानी, सिँचाइ तथा ऊर्जा विकास कार्यालयका प्रमुखसँग छलफल गरेका थिए ।

छलफलमा निर्देशक दाहालले वातावरणीय प्रभाव मूल्याङ्कन गर्दा वन मन्त्रालयसँग छलफल नगरी जथाभाबी सर्वेक्षण गर्दा योजना वस्तुवादी नभएको जानकारी दिए ।

कर्णालीका १० जिल्लामा विद्युतीकरणको काम वन क्षेत्रभित्र गर्दा अवरोध हुने भएकाले त्यसको समाधानमा सहजीकरण गर्न मन्त्रालयका सचिव र वन निर्देशकको नेतृत्वमा समिति गठन गरिएको बताइएको छ ।

यो समितिले निष्कर्ष निकाल्न नसके मन्त्री वा सचिवको नेतृत्वमा निर्देशन समिति गठन गरी सो समितिसँग छलफल गरेर समस्याको समाधान गर्ने निर्णय गरिएको मन्त्रालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस