काठमाडौँ । नेकपा (माओवादी केन्द्र) को केन्द्रीय समितिको बैठक फेरि स्थगित भएको छ।
यसअघि पटक-पटक स्थगित गरी फागुन ८ र ९ गतेलाई बोलाइएको बैठक पनि सारिएको हो ।
माओवादी केन्द्रका कार्यालय सचिव श्रीराम ढकालले विशेष राजनीतिक परिस्थितिका कारण बैठक फागुन २० सम्मलाई स्थगन गरिएको जानकारी दिएका छन् ।
स्रोतकाअनुसार पदाधिकारी चयन र स्थायी समिति गठनमा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले गृहकार्य पूरा नगरेकाले बैठक स्थगन भएको हो ।
अमेरिकी सहायता परियोजना (एमसिसी) का कारण गठबन्धन धरापमा परेपछि प्रचण्डले तयारी पूरा गर्न नपाएको बताइएको छ ।
माओवादीले केन्द्रीय समितिबाट पदाधिकारी चयन, केन्द्रीय सदस्यहरुको कार्यविभाजन र स्थानीय तहको चुनाव केन्द्रित अभियान घोषणा गर्ने बताइएको थियो ।