८ बैशाख २०८२, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

वृद्ध आमाबुबाको सेवा गर्नु छोराछोरीको कर्तव्यः मुख्यमन्त्री राई

अ+ अ-

मोरङ । प्रदेश नं १ का मुख्यमन्त्री राजेन्द्रकुमार राईले वृद्ध आमाबुबा भगवान्को स्वरुप भएकाले उचितरुपले पालनपोषण, हेरचाह र सेवा गर्नु छोरा छोरीको कर्तव्य भएको बताएका छन् ।

राष्ट्रिय प्रजातन्त्र दिवस–२०७८ मूल समारोह समिति मोरङद्वारा आज विराटनगर–८स्थित विराटेश्वर वुद्धाश्रम बहुद्देश्यीय भवन र मानवसेवा आश्रममा आश्रय लिइरहेका ज्येष्ठ नागरिक, वृद्ध, असहायलाई फलफूल वितरणका क्रममा सो कुरा बताएका हुन् ।

उनले विराटनगरमा नागरिकस्तरमा स्थापना हुने ज्येष्ठ नागरिक उपचार सेवा केन्द्र भवन निर्माणलाई आवश्यक सहयोग गर्न आफू प्रतिबद्ध रहेको जानकारी दिँदै सामाजिक हितका लागि नागरिककातर्फबाट हुने कार्यमा सरकार होष्टेमाथि हैसे गर्न तयार छ भने । मुख्यमन्त्री राईले वृद्धाआश्रम व्यवस्थितरुपमा सञ्चालन गरी दिनदुःखीको सेवा गरेकामा सञ्चालक प्रति आभार प्रकट गर्दै प्रदेश सरकारले थप आवश्यक सहयोग प्रदान गर्ने धारणा व्यक्त गरे ।

यसैगरी उनले वडा नं १०स्थित मानवसेवा आश्रममा रहेका असहाय नागरिकलाई फलफूल वितरण गर्दै मोरङको ग्रामथानमा निर्माण भइरहेको आश्रमलाई आगामी दिनमा थप बजेटको व्यवस्था गरिने प्रतिबद्धता पनि व्यक्त गरे ।

सहायक प्रमुख जिल्ला अधिकारी शरदकुमार पोखरेलले ज्येष्ठ नागरिक र असहायको सेवा गर्नु हामी सबैको कर्तव्य भएको बताए । प्रदेश नं १ आन्तरिक मामिला तथा कानून मन्त्रालय, कर्मचारी मिलन केन्द्र, विभिन्न कर्मचारी सङ्घ सङ्गठनले फलफूल वितरण कार्यक्रम आयोजना गरेका थिए ।

वृद्धआश्रममा ६१ ज्येष्ठ नागरिक तथा मानव सेवा आश्रमका तीन भवनमा १५० असहायले आश्रय लिइरहेका छन् ।

प्रतिक्रिया दिनुहोस