८ बैशाख २०८२, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

निष्पक्षरूपमा निर्वाचन गर्न एमाले अध्यक्ष ओलीको आग्रह

अ+ अ-

भक्तपुर । प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले आउँदो वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचन निष्पक्षरूपमा सञ्चालन गर्न कर्मचारी र सुरक्षाकर्मीलाई आग्रह गरेका छन् ।

सूर्यविनायक नगरपालिकाले भक्तपुरको जगातीमा सञ्चालनमा ल्याएको सूर्यविनायक नगर अस्पतालको आज उद्घाटन गर्दै उनले निर्वाचन निष्पक्ष गर्न कर्मचारी र प्रशासनले सघाउनुपर्ने बताए । एमाले कार्यकर्तालाई निर्वाचनको तयारीमा लाग्न उनले निर्देशन दिए ।

उनले सत्ता गठबन्धनले एमसिसीबारे निर्णय गर्न नसक्दा अन्तर्राष्ट्रिय सम्बन्ध बिग्रिएको जिकीर गरे । एमाले नेतृत्वको सरकारमा एमसिसी संसद्मा पेश गर्न खोज्दा नदिएको सुनाउँदै ओलीले भने, ‘हामीले सरकारमा रहँदा संसद्मा एमसिसी पेश गरौँ भनेका थियौँ, संसद्ले नै निर्णय गर्छ, संसद्मा हामीले छानेर पठाएका जनप्रनिधिले नै निर्णय गर्छन्, निर्णय गर्ने ठाउँमा त पुर्याइदिऔँ भन्दा उनीहरूले संसद्मा पुर्याउन दिएनन्, अहिले पनि निर्णय गर्ने ठाउँमा पुर्याउन सकेका छैनन् ।’

एमाले अध्यक्ष ओलीले एमालेका नेता, कार्यकर्तालाई झुक्याएर लाने गरेको बताउँदै पार्टी छाडेर गएकाहरूलाई एमालेमै फर्कनसमेत आह्वान गरे ।

चुनाव पछाडि धकल्न कोशिस गरे पनि आफ्नो पार्टीले निर्वाचन जित्ने दाबी गर्दै ओलीले भने, ‘जति नै चुनाव पछाडि सार्न खोजे पनि अबको एक वर्षभित्र हुने सङ्घीय संसद्को चुनावपछि एमालेले फेरि सरकार चलाउँछ ।’

कार्यक्रममा एमाले पोलिटब्यूरो सदस्य महेश बस्नेतले भक्तपुरमा विकासले फड्को मारेको दाबी गरे ।

प्रतिक्रिया दिनुहोस