७ बैशाख २०८२, आईतवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

‘निरंकुशताविरुद्धको सङ्घर्षबाट प्रजातन्त्र प्राप्ति’

अ+ अ-

कर्णाली । कर्णाली प्रदेशका मुख्यमन्त्री जीवनबहादुर शाहीले नेपालमा प्रजातन्त्र स्थापना निरंकुशताविरुद्धको बलिदानीपूर्ण सङ्घर्षबाट प्राप्त भएको बताएका छन् ।

‘प्रजातन्त्र दिवस, २०७८’ का अवसरमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपाली आमाबुवा, दाजुभाइ, दिदीबहिनीमा शुभकाना व्यक्त गर्दै उनले नेपाली जनताको सङ्घर्ष र सहिदहरूको बलिदानले मानवअधिकार र राजनीतिक स्वतन्त्रता हासिल भएको बताएका छन् ।

उनले एक शुभकामना सन्देश जारी गर्दै भने, ‘प्रजातन्त्र स्थापना मुलुक र नेपाली जनताका लागि अविस्मरणीय र उपलब्धिमूलक दिन हो, जसले नेपालको विकास र समृद्धिमा ठूलो योगदान पुर्याएको छ, यो ऐतिहासिक दिनले सबैलाई प्रजातन्त्रका आधारभूत मूल्य र मान्यता आत्मसाथ गर्दै अघि बढ्ने प्रेरणा प्रदान गरोस् भन्ने शुभकामना व्यक्त गर्दछु ।’

जनताको चाहना मुलुकको आर्थिक समृद्धि र सामाजिक रुपान्तरण भएको जनाउँदै मुख्यमन्त्री शाहीले नेपालको संविधानले सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्थालाई अङ्गीकार गर्दै न्याय र समानतामा आधारित समाजवादोन्मुख अर्थतन्त्र निर्माण गर्ने लक्ष्य लिइएको कुरा व्यक्त गरेका छन् ।

प्रजातन्त्र दिवसले दिगो शान्ति, सुशासन, विकास र समृद्धिको राष्ट्रिय लक्ष्य हासिल गर्नका लागि प्रजातन्त्रलाई जीवन पद्धति बनाएर अघि बढ्ने प्रेरणा सबै नेपालीलाई दिन सकोस् भन्ने कामना मुख्यमन्त्री शाहीले गरेका छन् ।

प्रतिक्रिया दिनुहोस