१२ बैशाख २०८२, शुक्रबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

रुसद्वारा २ युक्रेनी क्षेत्रलाई स्वतन्त्र राज्यको मान्यता

अ+ अ-

काठमाडौँ । विद्रोही समूहको नियन्त्रणमा रहेका दुई युक्रेनी क्षेत्र डोनेट्स्क र लुहान्सकलाई रुसले ‘स्वतन्त्र राज्य’को मान्यता दिने निर्णय गरेको छ ।

रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले पूर्वी युक्रेनका ती दुई क्षेत्रलाई स्वतन्त्र राज्यको रूपमा मान्यता दिने र दुवै क्षेत्रमा ‘शान्ति स्थापनाका लागि भूमिका निर्वाह’ गर्न रुसी सेना पठाउने सम्बन्धी आदेशमा हस्ताक्षर गरेका छन् । रुसले डोनेट्स्क र लुहान्सक प्राचीन रुसी क्षेत्र भन्दै आएको छ ।

रुसको पछिल्लो कदमले युक्रेनमा रुसी सेना प्रवेश गर्ने आधार तयार भएको भन्दै अमेरिकासहित अन्य पश्चिमा देशहरूले रुसको आलोचना गरिरहेका छन् ।

रुसी कदमको संयुक्त राष्ट्रसंघ र युरोपेली संघले पनि आलोचना गरेका छन् । संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनिओ गुटेरसले पूर्वी युक्रेनमा रुसी सैनिकलाई तैनाथ गर्ने आदेशको निन्दा गरेको समाचार एजेन्सी एएफपीले जनाएको छ ।
संयुक्त राष्ट्रसंघले यसलाई अन्तर्राष्ट्रिय कानुनको ठाडो उल्लंघन भनेको छ ।

न्युयोर्कमा युक्रेन संकटबारे संयुक्त राष्ट्रसंघको सुरक्षा परिषद्को आकस्मिक बैठकसमेत बस्दैछ ।

प्रतिक्रिया दिनुहोस