१० बैशाख २०८२, बुधबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

झापाका सिग्देल श्रीमतीकै योजनामा मारिएको खुलासा

अ+ अ-

काठमाडौँ । झापा दमकका ४३ वर्षीय दिनेश सिग्देलको हत्या गरेको अभियोगमा उनकी कान्छी श्रीमती अनिता केसी पक्राउ परेकी छन् ।

उनलाई सहयोग गरेको अभियोगमा विराटनगर–४ का २९ वर्षीय सरोज भण्डारी पनि समातिएका छन् ।

जिल्ला प्रहरी कार्यालय, सुनसरीका प्रमुख एसपी सञ्जयसिंह थापाका अनुसार वैदेशिक रोजगारीबाट २० पुसमा फर्किएका सिग्देललाई दुई दिनपछि कान्छी श्रीमतीकै संलग्नतामा हत्या गरिएको खुलेको हो ।

‘श्रीमतीको योजनमा २२ पुसको साँझ साढे ५ बजे सिग्देलकै कोठामा घाँटी थिचेर हत्या गरिएको भेटिएको छ’ एसपी थापाले भने, ‘भण्डारीसँग मिलेर हत्या गरेपछि ग्लेन्डर मेसिन र खुकुरीको प्रयोग गरेर शवलाई टुक्रा–टुक्रा पारेर टेम्पोमा धरान लगिएको देखिएको छ ।’

शव धरानमा लगेर व्यवस्थापन गरेको झण्डै दुई महिनापछि गत साता धरान–भेडेटार सडकखण्डमा पर्ने जङ्गलमा जेब्रा झोलाभित्र उनको टाउको र त्यसको भोलिपल्ट त्यहीँ शरीर भेटिएको थियो ।

शव भेटिएलगत्तै अनुसन्धानका लागि प्रदेश नम्बर १ प्रहरी कार्यालयको क्षेत्रीय अपराध अनुसन्धान समूह (रिट), जिल्ला प्रहरी कार्यालय, सुनसरी र इलाका प्रहरी कार्यालय, धरानले अनुसन्धान गरेको थियो ।

सिग्देलकी जेठी श्रीमती भने दमकको चुलाचुलीमा बस्छिन्।

प्रतिक्रिया दिनुहोस