काठमाडौँ । नेपाल एयरलाइन्सले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका सुरक्षा कमान्डर ध्रुवराज थापालाई निलम्बन गरेको छ ।
विमानस्थलमा जहाजमा अनधिकृत व्यक्ति चढेको घटनामा लापरबाही भएको निष्कर्ष निकाल्दै थापालाई निलम्बन गरेको हो ।
नेवानि व्यवस्थापनले फागुन ९ गतेका दिन दोहा उड्न लागेको जहाजमा अनधिकृत व्यक्ति चढेको विषयमा सुरक्षा व्यवस्थापनमा अत्यन्तै लापरबाही भएको निष्कर्ष समेत निकालेको छ।
विमानस्थलको फलामे तालबार (फेन्सिङ कम्पाउन्ड) नाघेर दोहा उड्ने तयारीमा रहेको वाइडबडी जहाजमा रौतहटका असरफ आलम चढेका थिए ।
