काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले (एमसीसी) मा राष्ट्रघाती कुरा केही पनि नभएको बताएका छन् ।
बिहीबार संसद भवन सिंहदरबारमा नेकपा माओवादी केन्द्रका नेताहरुसँग भएको छलफलमा एमाले अध्यक्ष ओलीले आफूहरुले एमसीसीलाई अहिलेसम्म कहिल्यै राष्ट्रघाती नभनेको बताए ।
छलफलमा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रतिनिधिसभाको अवरोध खोलेर छलफलको वातावरण बनाउन एमाले अध्यक्ष ओलीसँग आग्रह गरेका थिए । तर एमाले अध्यक्ष ओलीले पहिले आफूहरुले कारबाही गरेका १४ जना सांसदहरुलाई प्रतिनिधिसभामा सहभागी नहुने वातावरण बनाउनुपर्ने शर्त राखे ।