६ बैशाख २०८२, शनिबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

टीकापुर विमानस्थल सञ्चालनमा आउँछ : मन्त्री आले

अ+ अ-

भजनी । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेले टीकापुर विमानस्थल सञ्चालनमा आउने बताएका छन् ।

कैलालीको टीकापुरस्थित विमानस्थलको आज स्थलगत अनुगमन गर्दै मन्त्री आलेले चालु आर्थिक वर्षमा विमानस्थलका लागि रु दुई करोड बजेट विनियोजन गरिएको जानकारी दिए ।

मन्त्री आलेले टीकापुर विमानस्थल सञ्चालनमा ल्याएरै छाड्ने बताए । ‘विमानस्थलको अध्ययन समितिले सर्वे गरेको छ । अध्ययन समितिको प्रतिवेदनका आधारमा पुरानै विमानस्थल सञ्चालनमा ल्याउने वा अन्य क्षेत्रमा नयाँ विमानस्थलका लागि संरचना तयार गर्ने भन्ने कुरा प्रतिवेदन आइसकेपछि थाहा हुन्छ’, उनले भने, ‘चालु आर्थिक वर्षमै विमानस्थल निर्माणको काम सुरु हुन्छ । त्यसलाई बहुवर्षीय आयोजनाका रुपमा राखेर काम गर्न सकिन्छ ।’ उनले पर्यटन क्षेत्रसँग जोडिएकाले पनि टीकापुरमा विमानस्थल अपरिहार्य रहेको बताए ।

‘पर्यटकीय दृष्टिकोणले पनि टीकापुर लोकप्रिय छ । यहाँ धेरै सम्भावना छन् । ती सम्भावनासँग हवाई माध्यमको पहुँचका लागि हामी प्रतिबद्ध छौँ’, मन्त्री आलेले भने, ‘विमानस्थल सञ्चालनमा आउन सके पर्यटन क्षेत्र आफैँ चलायमान हुन्छ ।’ मन्त्री आलेले धनगढी विमानस्थललाई क्षेत्रीय विमानस्थलका रुपमा स्तरोन्नतिका लागि रु एक अर्ब बजेट विनियोजन गरिएको उल्लेख गर्दै प्रत्येक जिल्लामा कम्तीमा एउटा हवाई मैदानको निर्माणका लागि आफूले पहल गरेको बताए ।

धनगढी विमानस्थल र भारतको नयाँ दिल्ली हुँदै, नेपालको कैलालीबाट खप्तड हुँदै मानसरोवरसम्मको फास्ट ट्र्याक निर्माणका लागि विश्व बैङ्कसँग समन्वय भइरहेको र त्यसका लागि रु ६५ अर्ब बजेट माग गरिएको उनले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस