८ बैशाख २०८२, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

महिला क्रिकेट : एपीएफको लगातार तेस्रो जित

अ+ अ-

काठमाडौँ । ललितपुर मेयर महिला टी–ट्वान्टी च्याम्पियनसिपमा सशस्त्र प्रहरी बल (एपीएफ) विजयी भएको छ ।

एपीएफले ललितपुर मेयर्स–११ लाई पराजित गर्दै लगातार तेस्रो जित निकालेको हो ।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा आज भएको खेलमा एपीएफले ललितपुर मेयर्स–११ लाई ७ विकेटले पराजित गरेको हो ।

यसअघि एपीएफले पहिलो खेलमा प्रदेश नं १ र दोस्रो खेलमा सुदूरपश्चिम प्रदेशलाई ६ विकेटले पराजित गरेको थियो । लगातार तीन खेलमा पराजित भएको ललितपुर मेयर्स प्रतियोगिताबाट बाहिरिएको छ ।

यसअघि ललितपुर पहिलो खेलमा सुदूरपश्चिमसँग ५८ रनले र दोस्रो खेलमा लुम्बिनी प्रदेशसँग २ रनले पराजित भएको थियो ।

आजको खेलमा ८१ रनको विजय लक्ष्य एपीएफले १३ ओभरमा ३ विकेट गुमाएर पूरा गर्‍यो । एपीएफका लागि ज्योति पाण्डेले अर्धशतकीय पारी खेलिन् । उनले ४५ बल खेल्दै अविजित ५६ रन बनाइन् । यस्तै रोमा थापाले अविजित ११ रनको योगदान दिइन् । बलिङतर्फ ललितपुर मेयर्सकी अनुराधा चौधरीले एक विकेट हात पारिन् ।

त्यसअघि टस जितेर पहिले ब्याटिङ थालेको ललितपुर मेयर्सले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै ८० रनको योगफल बनायो । ललितपुर मेयर्सका लागि सुमन खतिवडाले सर्वाधिक ३० रन जोडिन् । आरती विडारीले अविजित २१ रन बनाइन् । बलिङतर्फ एपीएफका लागि करुणा भण्डारी र सुमन विष्टले एक–एक विकेट लिए ।

अहिले त्रिवि क्रिकेट मैदानमा प्रदेश नं १ र सुदूरपश्चिम प्रदेशबीच अर्को खेल भइरहेको छ । प्रदेश १ ले टस जितेर ब्याटिङ गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस