८ बैशाख २०८२, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

हलेसीबाट तीन वर्षमा दुई करोड भेटी

अ+ अ-

खोटाङ । प्रसिद्ध त्रिधार्मिकस्थल खोटाङको हलेसी मन्दिरबाट तीन आर्थिक वर्षमा एक करोड ९२ लाख ३७ हजार ४८८ आम्दानी भएको छ । त्यस्तै एक करोड १५ लाख ३१ हजार ५० व्यय भएको छ ।

हिन्दू, बौद्ध र किराँत धर्मालम्बीको सङ्गमस्थल हलेसी आउने दर्शनार्थीबाट आर्थिक वर्ष २०७५/०७६ मा ८७ लाख १९ हजार २१५ आय र ४२ लाख ४२ हजार ३५० व्यय, आव २०७६/०७८ मा ५३ लाख ८९ हजार ८६९ आय र ४० लाख ६२ हजार ५२१ व्यय तथा आव २०७७/०७८ मा ५१ लाख २८ हजार ४०४ आय र ४२ लाख २६ हजार १७९ व्यय भएको हलेसी सूचना केन्द्रका प्रमुख सयन्द्र राईले जानकारी दिए ।

भेटीबापत जम्मा भएको रकम खर्च कटाएर ७७ लाख छ हजार ४३८ हलेसी मन्दिर व्यवस्थापन समितिको खातामा रहेको छ । हलेसी मन्दिरमा आउने विदेशी दर्शनार्थीले चढाएका विदेशी मुद्रा तथा स्वदेश र विदेशका दर्शनार्थीले चढाएका सुनचाँदीका गरगहनालगायतका सामग्री भने हालसम्म सुरक्षित राखिएको छ ।

हलेसीमा आउने स्वदेश तथा विदेशका दर्शनार्थीले चढाएका भेटी, विदेशी मुद्रा तथा सुनचाँदीलाई आम्दानीको रूपमा हिसाब राख्ने गरिएको छ । हलेसी मन्दिरको भेटीलाई पारदर्शी बनाउन हलेसी चुवाचुङ नगरपालिका, मन्दिर व्यवस्थापन समिति र इलाका प्रहरी कार्यालय हलेसीका प्रतिनिधिले दानपेटिकाको चाँबी राख्ने गरेका हुन् ।

मन्दिरबाट सङ्कलन भएको भेटीबाट मन्दिर वरिपरि, दिव्यध्वनि, होम भवन, मन्दिर व्यवस्थापन समितिको भवन, मन्दिरभित्र रेलिङ रङ्गरोगन, बसाहा थान धाराको ढल निकास (जेसिभी प्रयोग), भेटी गणना, अतिथि खाजा, खानेपानीको लागि हिलटेक खरिद, सूचना प्रकाशन, विभिन्न आर्थिक सहयोगलगायतमा खर्च भएको सूचना केन्द्रका प्रमुख राईले जानकारी दिए ।

प्राकृतिकरुपमा समेत विश्वप्रसिद्ध त्रिधार्मिकधाम हलेसीमा भाकल तथा दर्शन गर्न आउनेले दान गर्दै आएका छन् । हलेसीमा नेपालसँगै भारत, चीन, भुटान, जापान, श्रीलङ्का, अमेरिका, दक्षिण कोरियालगायत विभिन्न मुलुकबाट दर्शनार्थी तथा अवलोकनकर्ता आउने गरेका छन् ।

मध्यपहाडी लोकमार्गमा पर्ने हलेसीमा रामनवमीमा १५ दिन, बालाचतुर्दशीमा १२ दिन, शिवरात्रिमा सात दिन र हरितालिका तीजमा तीन दिन मेला लाग्ने गरेको छ ।

प्रतिक्रिया दिनुहोस