७ बैशाख २०८२, आईतवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

दिपायल विमानस्थलको स्तरोन्नति हुन्छ : मन्त्री आले

अ+ अ-

डोटी । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेले सुदूरपश्चिम प्रदेशको सबैभन्दा पुरानो विमानस्थलको स्तरोन्नति गरिने बताएका छन् ।

यहाँका पर्यटकीय क्षेत्रमा उल्लेख्य मात्रामा पर्यटक भित्र्याउन दिपायल विमानस्थलमा ४२ सिटे जहाज सञ्चालन गर्न आवश्यक रहेको उनले बताए ।

उनले भने, ‘दिपायल विमानस्थलको स्तरोन्नति, जग्गा अधिग्रहण तथा टावर, टर्मिनल भवन निर्माणका लागि बजेट विनियोजन गरेको छु, चाँडै नै यहाँ ४२ सिटे जहाज सञ्चालनमा ल्याउने गरी गृहकार्य अगाडि बढाएका छौँ, काम सुरु हुन्छ ।’

दिपालय विमानस्थल स्तरोन्नति, भवन निर्माण तथा जग्गा अधिग्रहणका लागि भन्दै नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान)का अध्यक्षसमेत रहेका मन्त्री आलेले केही महिना पहिले १८ करोड बजेट विनियोजन गरेका थिए ।

विमानस्थल स्तरोन्नतिसहित अन्य विकासका कामका लागि आएको बजेट चाँडै बोलपत्र प्रक्रिया गरी काम सञ्चालन हुनेसमेत मन्त्री आलेले जानकारी दिए ।

दिपायलसहित अछाम, बाजुरा, बझाङ, बैतडी तथा दार्चुला विमानस्थलको स्तरोन्नति तथा नयाँ निर्माण हुने डडेल्धुरा विमानस्थलका लागि आवश्यक बजेट विनियोजन गरिएकाले ती विमानस्थलको काम पनि चाँडै सुरु हुने बताए ।

उनले भने, ‘बन्द अवस्थामा रहेका सुदूरपश्चिमका पहाडी जिल्लाका विमानस्थलमा अब नियमित जहाज चलाउन मिल्ने गरी काम हुने छ, पर्यटक तथा नागरिकको सहजताका लागि सबै विमानस्थल सञ्चालन हुन्छन् ।’

यसैगरी मन्त्री आलेले कैलालीको धनगढीस्थित गेटा विमानस्थललाई क्षेत्रीय विमानस्थल बनाउनका लागि आवश्यक बजेट विनियोजन भई थप कार्यक्रम सुरु भइरहेको जानकारी दिए ।

उक्त विमानस्थललाई क्षेत्रीयस्तरको विमानस्थल निर्माणका लागि जग्गा अधिग्रहणसहितका कामका लागि मन्त्री आलेले एक अर्ब बजेट विनियोजन गरेका थिए ।

प्रतिक्रिया दिनुहोस