१३ बैशाख २०८२, शनिबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

सरकारले जनताको मन छुने काम गरेको छ : मुख्यमन्त्री पोखरेल

अ+ अ-

दमौली । गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले प्रदेश सरकारले छोटो अवधिमै जनताको मन छुने कामको सुरुआत गरेको बताएका छन् ।

तनहुँको व्यास नगरपालिका–१० दुम्सीचौरस्थित भानु माध्यमिक विद्यालयको आज आयोजित स्वर्ण महोत्सवको उद्घाटन गर्दै मुख्यमन्त्री पोखरेलले आफू नेतृत्वको सरकार गठन भएको आठ महिनामा जनताको मन छुने काम गरेको दाबी गरेका हुन् ।

सरकारले फागुन १ गतेदेखि प्रदेशभर रगत निःशुल्क उपलब्ध गराउने निर्णय गरेको र उक्त निर्णयले जनतालाई राहत हुने उनले उल्लेख गरे । ‘सरकार गठन भएको धेरै समय नभए पनि केही कामको सुरुआत गरेका छौँ, जसले जनतालाई राहत पुग्ने विश्वास लिएका छौँ’, उनले भने, ‘अब प्रदेशका जनताले रगत निःशुल्क पाउँछन्, त्यसको शुल्क सरकारले व्यहोर्छ ।

प्रदेशअन्तर्गतका ११ वटै जिल्लामा सडकमा बेवारिसे अवस्थामा जनता भौतारिन नपरोस् भन्नका लागि मानव सेवा आश्रमसँग सम्झौता गरी त्यस्ता व्यक्तिको व्यवस्थापन गरिएको मुख्यमन्त्री पोखरेलले बताए । सरकारले पोखरामा दुई र लमजुङमा एउटा मानव आश्रमसँग सम्झौता गरी प्रतिव्यक्ति तीन हजार दिने गरी सडकमा बेवारिसे अवस्थामा रहने व्यक्तिको व्यवस्थापनका लागि बजेट विनियोजन गरेको उनले जानकारी दिए ।

कोभिडबाट मृत्यु भएकाका परिवारलाई ५० हजार राहत दिने र अभिभावक गुमाएका बालबालिकालाई १८ वर्ष उमेर नपुगेसम्म मासिक पाँच हजार राहत दिने कामको सुरुआत भएको मुख्यमन्त्री पोखरेलले बताए ।

मुख्यमन्त्री पोखरेलले प्रदेशभित्रका अस्पतालमा निःशुल्क रूपमा डायलासिस गर्ने क्षमता वृद्धि गर्ने सरकारको सोच रहेको बताए । प्रदेशभित्र हाल ५५० जना डायलासिस गर्नुपर्ने बिरामी रहे पनि १७५ ले मात्रै निःशुल्क सेवा पाइरहेकाले सुविधा विस्तार गर्नुपर्ने अवस्था रहेको उनको भनाइ थियो ।

अहिलेको शिक्षा व्यवहारिक नभएकामा सबैको चासो रहेको बताउँदै मुख्यमन्त्री पोखरेलले व्यवहारिक शिक्षाको आवश्यकतामाथि जोड दिए ।

सरकारले शिक्षा नीति ल्याएको र सोही नीतिमा रहेको ऐन बनाउनुपर्ने अवस्था रहेको उनको भनाइ थियो । कार्यक्रममा प्रदेश सांसद सरिता गुरुङ, जिल्ला समन्वय समितिका प्रमुख शान्तिरमण वाग्ले, व्यास नगरपालिकाका प्रमुख वैकुण्ठ न्यौपानेलगायतले शिक्षाको सुधारमा जोड दिएका थिए ।

प्रतिक्रिया दिनुहोस