७ बैशाख २०८२, आईतवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

सानीभेरी नदीमा र्‍याफ्टिङ अब गर्न सकिने

अ+ अ-

काठमाडौँ । रुकुमपूर्वस्थित सानी भेरी नदीमा जलयात्रा र्‍याफ्टिङ गर्न सकिने भएको छ ।  लुम्बिनी प्रदेश ,पर्यटन ग्रामीण तथा सहरी विकास मन्त्रालयको प्राविधिक टोलीले हालै नदीमा जलयात्राका लागि गरेको परीक्षण सफल भएकोे छ ।

मन्त्रालयका प्राविधिक विवेक शाहले भने, “ सानी भेरी नदीमा जलयात्रा गर्न सकिने छ । यसका लागि परीक्षण गर्दा सफल भयो । यस वर्ष  प्रदेशका विभिन्न नदीमा गरेका परीक्षणलाई केलाउँदा यो नै उत्कृष्ट परीक्षण हो ।”

टोलीले भूमे गाउँपालिका–५ को सौरी खोलाबाट बालुवा, सिस्ने–६ को धाउने र ७ को नाथिगाड हुँदै सिस्नेरीसम्म र्‍याफ्टिङ परीक्षण गरेको थियो ।

सिस्ने गाउँपालिका अध्यक्ष कुमारी बराल, गाउँपालिकाका इन्जिनियर कर्ण केसी, प्रशासन प्रमुख अरुणकुमार ओली, होटेल तथा पर्यटन व्यवसायी सुनिल रोका लगायतले परीक्षण जलयात्रामा सहभागी थिए। 

 सो अवसरमा गाउँपालिकामा अध्यक्ष बरालले सिस्नेको थप विकासका लागि पर्यटनलाई ध्यान दिन जरुरी रहेको बताए। सानी भेरी नदीको करिब १३ किलोमिटर क्षेत्रमा जलयात्रा गरिएको थियो । यसअघि रोल्पाको माडी खोला, प्युठानको माण्डबी नदी र दाङको रापती नदीमा जलयात्रा को परीक्षण गरिएको थियो ।

अहिलेसम्म गरिएका परीक्षणलाई हेर्दा पानीको सतह, बहने गति र भूगोलका दृष्टिकोणले सानी भेरी र्‍याफ्टिङको राम्रो सम्भावना बोकेको नदी भेटिएको प्राविधिकहरूले निष्कर्ष निकालेका छन् । अब दाङको बबई र पाल्पाको कालीगण्डीमा परीक्षण गर्न बाँकी छ ।

सानी भेरी नदीको तिरमै तातोपानीको मुहान भएकाले पनि जलयात्राका लागि यस नदी उत्कृष्ट हुने जनाइएको छ । चिसो तातोपानीमा गएर विसर्जन गर्न सकिने हुँदा सानी भेरी जलयात्राका लागि उत्तम मानिने छ ।

अब यहाँको परीक्षण प्रतिवेदन प्राविधिक टोलीले मन्त्रालयमा लगेर बुझाउने छ । मन्त्रालयले प्रदेशभरिका नदीको प्रतिवेदन अध्ययन गरी उत्कृष्ट ठाउँ छनोट गर्नेछ । राम्रो सम्भावना बोकेको ठाउँमा जलयात्राको विकास र पर्यटन प्रवर्द्धन गर्न प्रदेश सरकारले लगानी गर्ने योजना बनाएको छ ।

प्रतिक्रिया दिनुहोस