७ बैशाख २०८२, आईतवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

काँग्रेसको कैलाली जिल्ला अधिवेशन आज, तीन नेता प्यानलसहित प्रतिस्पर्धामा

अ+ अ-

काठमाडौँ ।   लामो समयको प्रतीक्षापछि नेपाली काँग्रेस कैलालीको जिल्ला अधिवेशन आइतबार हुँदैछ । पार्टीको नयाँ नेतृत्वका लागि तीन जनाले प्यानलसहित उम्मेदवारी दिएका छन् ।

निर्वाचन समितिका अनुसार पूर्व उपसभापति नारायणदत्त भट्ट, अहिलेका जिल्ला उपसभापति प्रकाशबहादुर बम र रामबहादुर कललले प्यानलसहित उम्मेदवारी दिएका छन् । पार्टीको आन्तरिक चुनावी प्रतिस्पर्धामा रहेका तीन जनामध्ये भट्ट र बम संस्थापन पक्ष र कलले संस्थापन इतर शेखर कोइराला पक्षका मानिन्छन् ।

नारायणदत्त भट्टको प्यानलबाट उपसभापतिमा भीम बडुवाल, रामप्रसाद चौधरी, सचिवमा केशव मिश्र र अमृत बिसी, सहसचिवमा रामसमझ राना र कलेसु चौधरीले उम्मेदवारी दर्ता गराएका छन् । यसअघि जिल्ला सभापतिमा उम्मेदवारी दिने बताउँदै आएका नेता बडूवालले भट्टलाई समर्थन जनाउँदै उनकै प्यानलबाट उपसभापतिमा उम्मेदवारी दिएका हुन् ।

बमको प्यानलबाट उपसभापतिमा खेमराज चौधरी र तेजशंकर भट्ट, सचिवमा नृप सुनार र थर्क शाह, सहसचिवमा कृष्ण पाण्डेय र राजेन्द्र खड्काले उम्मेद्वारी दिएका छन् ।

कलेलको प्यानलबाट उपसभापतिमा यज्ञनिधि कोइराला र लोकराज पाण्डेय, सचिवमा देवानन्द जैसी र नवराज जोशी, सहसचिवमा रविन्द्रप्रताप सिंह र तीर्थराज जोशीले उम्मेदवारी दिएका छन् ।

निर्वाचन समितिका अनुसार आइतबार बिहान नयाँ नेतृत्व चयनका लागि मतदान हुनेछ ।

नेपाली काँग्रेसको विधानअनुसार सभापतिमा विजयी हुने उम्मेदवारले ५१ प्रतिशत मत ल्याउनुपर्नेछ । तर कैलालीमा तीन जना चुनावी मैदानमा भएकाले पहिलो चरणमै सभापतिको छिनोफानो हुने सम्भावना कम रहेको नेताहरू बताउँछन् ।

तर कतिपयले प्रधानमन्त्री समेत रहेका सभापति शेरबहादुर देउवासहितका कैलालीमा रहेका केन्द्रीय सदस्यहरूले नारायणदत्त भट्टलाई सघाएका कारण नेतृत्व भावनाअनुसार प्रतिनिधिले मतदान गरेमा पहिलो चरणमै उनी विजयी हुने सम्भावना प्रबल रहेको पनि दाबी गर्न थालेका छन् ।

यद्यपि विगतमा देउवाले नै आफूलाई सभापतिमा उम्मेदवारी दिन आग्रह गरेको तर अहिले उपेक्षा गरेको बताउने अर्का उम्मेदवार बमले नै उनलाई कडा टक्कर दिने विश्लेषण गरिएको छ । बम पक्षधरले भने अगामी अधिवेशनबाट उनी नै पार्टी सभापति बन्ने दाबी गर्न थालेका छन् । तर बमको साथमा तत्कालीन पार्टी सभापति समेत रहेका सुदूरपश्चिम प्रदेशका महामन्त्री नरनारायण शाह बाहेकका अन्य नेताहरू नरहेका कारण निर्वाचनको नतिजा उनी अनुकूल नहुने कतिपय कार्यकर्ताको अनुमान छ ।

सुदूरपश्चिम प्रदेशसभामा काँग्रेस संसदीय दलका नेता डा.रणबहादुर रावल, केन्द्रीय सदस्य ईश्वरी न्यौपाने, धनगढी उपमहानगरपालिकाका प्रमुख नृपबहादुर ओड, उपप्रमुख सुशीला मिश्र भट्ट समेतका नेताहरू खुलेर भट्टको पक्षमा देखिएका छन् । पहिलो चरणको मतदानबाट सभापतिको छिनोफानो नभएको खण्डमा दोस्रो चरणमा तेस्रो हुने उम्मेदवारले कुन पक्षलाई सघाउँछ भन्ने कुराले पनि जिल्ला सभापति चयनमा अर्थ राख्ने नेताहरू बताउँछन् ।

प्रतिक्रिया दिनुहोस