काठमाडौँ । नेकपा एमालेका नेता डा. भीम रावलले एमसीसी राष्ट्रघाती भएको बताएका छन् । उनले यसलाई संसद्बाट पास गर्न नहुने भन्दै आपत्ति जनाएका छन् ।
एमसीसीले नेपालको स्वातन्त्रता, राष्ट्रयता र स्वाधिनतामा आघात पुग्ने भन्दै यसलाई पास गर्न नहुने उनले जिकिर गरेका छन् ।
राष्ट्रिय स्वाधिनताका गम्भीर विषयलाई संसद्मा चलेको होहल्लाका बीच छलफलमा लैजान पनि नहुने उनको बताएका छन् । आइतबार संसद् बैठकमा नेता रावलले यस्तो बताएका हुन् ।
उनले भने, ‘एमसीसीलाई संसद्मा पेस गर्नु नै देशको अपमान हो । देश र जनताप्रति धोका हो । यसमा जजसले समर्थन गर्छन् उनीहरू राष्ट्रिय गद्दार हुनेछन् ।’
एमसीसी राष्ट्रघाती भएको भन्दै एमसीसी सम्झौतालाई संसद्बाट अस्वीकार गरियोस् भनी उनले सबै समक्ष आह्वान समेत गरेका थिए । एमसीसी लागू भएमा नेपालले अमेरिकी कानुन मान्नुपर्ने भन्दै नेपालको स्वतन्त्र परराष्ट्र नीतिमा पनि आघात पुग्ने उनको तर्क थियो ।
एमसीसीमा रहेका कतिपय प्रावधानप्रति उनले आपत्ति जनाउँदै आएका छन् । त्यसले नेपालको स्वाधिनता हनन् गर्दै नेपाललाई उपनिवेशको बाटोमा धकेलेको बताए ।