८ बैशाख २०८२, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

नवनिर्मित तीन वडा कार्यालय निरीक्षरण

अ+ अ-

गण्डकी । कास्की जिल्लाको अन्नपूर्ण गाउँपालिका विभिन्न तीन वटा वडा कार्यालय भवन निर्माण गरिएको छ ।

जिल्ला समन्वय समिति र गाउँपालिकाको साझेदारीमा दुई करोड नौ लाख ५४ हजारको लागतमा वडा नं ३, ४ र ५ को कार्यालय भवन निर्माण गरिएको हो ।

वडा नं ३को पाहुँदुरमा ६९ लाख ८८ हजार ७४९, वडा नं ४को बाँसखर्कमा ६९ लाख ३० हजार ५११ र वडा नं ५को झोवाङमा ७० लाख ३५ हजार ५६६को लागतमा कार्यालय भवन निर्माण गरी सञ्चालनमा ल्याइएको हो ।

दुईतले सुविधा सम्पन्न ती पक्की भवन निर्माणका लागि साझेदारी कार्यक्रमअनुसार कूल लागतको ६० प्रतिशत जिल्ला समन्वय समिति र ४० प्रतिशत गाउँपालिकाले व्यहोर्ने व्यहोरेको थियो ।

जिल्ला समन्वय समितिका प्रमुख वैनबहादुर अधिकारी क्षेत्रीको नेतृत्वमा गएको एक टोलीले नवनिर्मित भौतिक पूर्वाधार एवं सेवा प्रवाहका बारेमा जानकारी लिएको थियो । उनले जनतालाई छिटोछरितो एवं प्रविधियुक्त सेवा प्रदान गर्न भौतिक पूर्वाधारले पनि महत्वपूर्ण भूमिका निर्वाह गर्ने बताए ।

टोलीले वडा नं ५को झोवाङस्थित पर्यटकीयस्थल शीतलगुफामा निर्माण भइरहेको संरचना पनि अवलोकन गरेको थियो । उक्त गुफा परिसरमा २५ लाख ५१ हजार ८९० को लागतमा १०८ गौमुखे धारा निर्माण गरिएको छ ।

सो कार्यका लागि जिल्ला समन्वय समितिले १७ लाख ८६ हजार ३२३ र बाँकी गाउँपालिकाले व्यहोरेको थियो ।

प्रतिक्रिया दिनुहोस