६ बैशाख २०८२, शनिबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

मन्त्रिलाई पराजित गर्दै माओवादी केन्द्र सुदूरपश्चिमको अध्यक्षमा ‘उत्सव’ विजयी

अ+ अ-

काठमाडौँ । नेकपा (माओवादी केन्द्र) सुदूरपश्चिमको अध्यक्षमा हरिराम चौधरी विजयी भएका छन् । प्रतिद्वन्द्वी मानबहादुर धामीलाई पराजित गर्दै चौधरी विजयी भएका हुन् ।

कुल खसेको २१० मध्ये चौधरीले ११४ मत प्राप्त गरेका छन् भने उनका प्रतिस्पर्धी सुदूरपश्चिम प्रदेशका उद्योग पर्यटन वन तथा वातावरण मन्त्रीसमेत रहेका धामीले ९३ मत पाए ।

प्रदेश सम्मेलनबाट चयन भएका प्रदेश कमिटीका सदस्यहरूले मतदान प्रक्रियामार्फत माओवादी केन्द्रको नेतृत्वको टुङ्गो लगाएका हुन् ।

पदाधिकारीतर्फ उपाध्यक्षमा रणबहादुर कुँवर (१०१ मत), अक्कलबहादुर रावल (१०० मत) र मानसिंह माल (१२४), सचिवमा जङ्गबहादुर बुढा (१६४ मत), सहसचिवमा नन्दबहादुर साउँद (१५७), रामबहादुर देवकर (१४६) र अन्जिता श्रेष्ठ (१०८) र कोषाध्यक्षमा कमलकुमारी शाह (११३) विजयी भएका छन् ।

गतमंसिरमा धनगढीमा माओवादी केन्द्रको प्रदेश सम्मेलन भएको थियो । तीन दिनसम्म सर्वसम्मतको प्रयास गर्दा पनि अध्यक्षसहितका पदाधिकारीमा सहमति नजुटेपछि २२३ सदस्य कमिटी चयन गर्दै सम्मेलन सम्पन्न गरिएको थियो । तर सहमतिको प्रयास असफल भएपछि करिब तीन महिनापछि सोमबार भने मतदान प्रक्रियामार्फत नेतृत्व चयन गरिएको हो।

प्रतिक्रिया दिनुहोस