९ बैशाख २०८२, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

घरमै खानेपानी आउन थालेपछि स्थानीयवासी खुसी

अ+ अ-

दमौली । तनहुँको ऋषिङ गाउँपालिका–५ झटारेमा खानेपानी सुविधा पुगेको छ । हालसम्म कुवाको पानी उपभोग गर्दै आएका स्थानीयवासी घरमै खानेपानी आएपछि खुसी भएका छन् ।

ऋषिङ गाउँपालिका र गण्डकी प्रदेश सरकारको ५१ लाखको लागतमा झटारेका २३ घरमा खानेपानी सुविधा पुगेको झटारे खानेपानी उपभोक्ता समितिका अध्यक्ष खिमबहादुर थापाले जानकारी दिए । खानेपानी योजनाका लागि स्थानीय सामुदायिक वनले पनि सहयोग गरेको छ ।

‘वर्षौदेखि कुवाको पानी उपभोग गर्दै आएका स्थानीयवासीको घरमै धारा जडान गर्न सफल भएका छौ,’ उनले भने, ‘पानीको जोहोका लागि गर्नुपर्ने दुःख कष्ट हटेको छ ।’ उनका अनुसार घरमा खानेपानी सुविधा नहुँदा स्थानीयवासी बिहानै उठेर घन्टौँ हिँडेर खानेपानीको जोहो गर्थे ।

खानेपानी जोहो गर्न बिहान सबेरै उठेर कुवा जाने स्थानीयवासीलाई घरमै धारा जडान भएपछि सहज भएको उनले बताए । घरघरै खानेपानी सुविधा पुगेपछि स्थानीयवासीको जीवनस्तर पनि फेरिने ऋषिङ गाउँपालिकाका अध्यक्ष राजेन्द्रकृष्ण श्रेष्ठले बताए । ‘खानेपानीको सुविधालाई अव आयआर्जनको बाटोतर्फ जोड्नुपर्छ, करेसाबारीमा तरकारी खेती पनि गर्न सकिन्छ’, उनले भने ।

स्थानीय तहमा जनप्रतिनिधि आएपछि धेरै गाउँमा खानेपानीको सुविधा पुगिसकेको र बाँकी रहेका ठाउँमा पनि खानेपानी सुविधा पुर्याइने उनले बताए । ‘पहिला त पिउनका लागि पानीको अभाव थियो, अब पानीको अभाव छैन, तरकारी खेतीतर्फ लाग्न स्थानीयवासीलाई गाउँपालिकाको तर्फबाट पनि प्रोत्साहन गर्छौ,’ उनले भने ।

प्रतिक्रिया दिनुहोस