८ बैशाख २०८२, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

वीरेन्द्रनगरमा निषेधाज्ञा हटाइयो

अ+ अ-

कर्णाली । अमेरिकी सहायता परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) सम्झौताविरुद्धको आन्दोलन उग्र बनेपछि वीरेन्द्रनगरमा सोमबारदेखि लगाइएको निषेधाज्ञा हटाइएको छ। स्थानीय प्रशासनले निषेधाज्ञा हटाएर केही ठाउँलाई निषेधित क्षेत्र घोषणा गरिएको छ।

प्रमुख जिल्ला अधिकारी खगेन्द्रप्रसाद रिजालले आज साँझ ७ बजेसम्म लगाइएको निषेधाज्ञाको सट्टा स्थानीय प्रशासन ऐन, २०२८ बमोजिम संवेदनशील स्थानलाई निषेधित क्षेत्र घोषणा गरेका हुन्।

साँझ ७ बजेदेखि लागू हुने गरी वीरेन्द्रनगरका हटिलाइन, हटियचोक, मङ्गलगढी चोक र एरिचोकलाई निषेधित क्षेत्र घोषणा गरिएको छ। ती क्षेत्रमा पाँच जनाभन्दा बढी व्यक्ति भेला हुन पाइने छैन।

‘निषेधाज्ञा जारीपछि वीरेन्द्रनगर शान्त नै रह्यो, निषेधाज्ञालाई निरन्तरता दिनुपर्ने अवस्था देखिएन,’ रिजालले भने, ‘सुरक्षाका दृष्टिकोणले संवेदनशील देखिएका स्थानमा लागू हुने गरी निषेधित क्षेत्र घोषणा गरिएको हो।’

आन्दोलनकारीले सुर्खेतका पार्टी कार्यालय र प्रहरी बिट तोडफोडका साथै आगजनीको प्रयास गरेपछि स्थिति नियन्त्रणमा लिन जिल्ला सुरक्षा समितिको बैठकले निषेधाज्ञा लगाउने निर्णय गरेको थियो।

प्रतिक्रिया दिनुहोस