८ बैशाख २०८२, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

धितोपत्र बोर्डका अध्यक्षलाई कतैबाट प्रभावित भएर काम नगर्न अर्थमन्त्री शर्माको निर्देशन

अ+ अ-

काठमाडौँ । अर्थमन्त्री जनार्दन शर्माले नेपाल धितोपत्र बोर्डका अध्यक्ष रमेशकुमार हमाललाई कतैबाट प्रभावित नभई स्वतन्त्र रुपमा काम गर्न निर्देशन दिएका छन् ।

बुधबार (आज) अर्थमन्त्रालयमा पूँजी बजारसम्बन्धी छलफल कार्यक्रमको आयोजना गरेर अर्थमन्त्रीले हमाललाई यस्तो निर्देशन दिएका हुन् ।

कतैबाट प्रभावित नभई संस्था र लगानीकर्ताहरुको हितका लागि स्वतन्त्र रुपमा काम गर्न उनले निर्देशन दिए । उनले भने, ‘पूँजी बजारको विकासका लागि काम गर्नुस्, कतैको दबाबमा पर्‍यो भने संस्थाको काम हुँदैन । पूँजी बजारको शिक्षा सहितको सुरक्षित कारोबार गर्न कस्ता नीति चाहिन्छ भन्नुस् ।’

अर्थमन्त्री शर्माले नेपाल स्टक एक्सचेञ्जका प्रमुख कार्यकारी अधिकृत कृष्णबहादुर कार्कीलाई पनि बजारलाई पारदर्शी बनाएर कारोबार गराउन निर्देशन दिएका छन् । रियल डाटा पाउने र दिनको दिनमै खरिद बिक्री गर्न पाउने र सापटी लिएर पनि सेयर खरिद बिक्री गर्न पाउने व्यवस्था गराउन उनले निर्देशन दिए ।

नेप्से सेयर बजारको अग्रपंक्रिको नियामक हो भने बोर्ड समग्र पूँजी बजारकै नियामक निकाय हो । यी दुवै निकायले समन्वय गरेर काम गर्नु पर्ने अर्थमन्त्रीको भनाइ छ ।

उनले समग्र बजारका हितका लागि र यो बजारबाट उत्पादनशील क्षेत्रमा लगानी बढाउन मद्धत पुग्नुपर्ने बताए । हरेक वर्ष १८ खर्ब रुपैयाँ लगानीका लागि आवश्यक पर्ने भन्दै पूँजी बजारबाट लगानीको वातावरण बनाउनु पर्ने बताए । यसका लागि बोर्ड र नेप्सेले काम गर्नुपर्ने उनको भनाइ छ ।

नियामक निकाय हुँदाहुँदै अर्थमन्त्रालयका कारण समस्या भयो भन्ने गुनासो आफूले सुन्न नचाहेको उनले बताए ।

प्रतिक्रिया दिनुहोस