५ बैशाख २०८२, शुक्रबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

रुस र युक्रेनबिच दोस्रो चरणको वार्ता सकियो, मानवीय सहायताको व्यवस्था गर्ने सहमति

अ+ अ-

काठमाडौँ । रुस र युक्रेनका प्रतिनिधिबिच भएको दोस्रो चरणको वार्ता सकिएको छ । दुवै पक्षले मानवीय सहायताका लागि सुरक्षित क्षेत्रको व्यवस्था गर्ने सहमति गर्दै दोस्रो चरणको वार्ता टुङ्गिएको हो ।

युक्रेनका एक वरिष्ठ अधिकारीले आफूहरूले चाहे जस्तो नतिजा ननिस्के पनि मानवीय सहायताका लागि सुरक्षित क्षेत्रको व्यवस्था गर्ने गरी दोस्रो चरणको वार्ता सकिएको बताए । ‘दोस्रो चरणको वार्ता सकिएको छ तर युक्रेनले खोजेको नतिजा अझै प्राप्त भएको छैन’ युक्रेनी राष्ट्रपतिका सल्लाहकार मिखाइलो पोडोलियाकले ट्विटरमा लेखेका छन्, ‘मानवीय सहायताका लागि सुरक्षित मार्गको व्यवस्था गर्ने निर्णय मात्रै भएको छ ।‘

रुसका प्रमुख वार्ताकार भ्लाडिमिर मेडिन्स्कीले समेत मानवीय सहायताका लागि सुरक्षित मार्गको व्यवस्था गर्ने सहमति भएको पुष्टि गर्दै दोस्रो चरणको वार्तालाई ‘ठुलो प्रगति’ भनेका छन् । यही आधारमा युद्ध विराम गर्न सकिने पनि उनको भनाइ थियो ।

पुटिन भन्छन्–सैन्य कारबाही योजना अनुसार अघि बढ्छ

रुसका राष्ट्रपति भ्लाडिमिर पुटिनले युक्रेनमा जारी ‘सैन्य कारबाही’ योजना अनुसार अघि बढ्ने बताएका छन् । उनले रुसको सुरक्षा परिषद्को बैठकलाई सम्बोधन गर्दै सैन्य कारबाही योजना अनुसार अघि बढ्ने बताएका हुन् ।

‘विशेष सैन्य कारबाही योजना र कार्यपालिका अनुसार नै अघि बढ्ने कुरा बताउन चाहन्छु’ पुटिनले भने, ‘हामीले नवनाजीहरूसँग युद्ध गरिरहेका छौँ । रुसी र युक्रेनीहरू एउटै मानव हुन् भन्ने आफ्नो धारणा कहिल्यै त्याग्ने छैन ।‘ पुटिनले रुसी सैनिकलाई ‘नायक’ भन्दै प्रशंसासमेत गरेका छन् ।

त्यस्तै, रुसी सेनाले युक्रेनमा युद्ध भइरहेका स्थान छोड्नका लागि सर्वसाधारणलाई सुरक्षित मार्ग उपलब्ध गराउने समेत पुटिनको भनाइ थियो । उनले राष्ट्रिय सुरक्षा परिषद्का सदस्यसँग भिडियोमा कुरा गर्दै युक्रेनका राष्ट्रवादीले सर्वसाधारणलाई सुरक्षित स्थान जान नदिएको समेत बताए। राष्ट्रवादीले सर्वसाधारणलाई मानव ढाल बनाएको पनि उनको आरोप थियो ।

प्रतिक्रिया दिनुहोस