काठमाडौँ। चार वर्षे कार्यकाल सकिएका राष्ट्रियसभाका सांसदहरूको बिदाइ गरिएको छ ।
शुक्रवार चार वर्षे कार्यकाल सकिएका राष्ट्रियसभा उपाध्यक्षसहित १९ जनाको बिदाइ गरिएको हो ।
राष्ट्रियसभामा सदस्यहरूको दुई वर्षे, चार वर्षे र छ वर्षे कार्यकाल हुने गर्दछ ।
१९ पदमा यसअघि नै निर्वाचन भइसकेकोले निर्वाचित सदस्यहरूको भोलि शपथ ग्रहण कार्यक्रम रहेको छ ।