१३ बैशाख २०८२, शनिबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

युक्रेनका राष्ट्रपति जेलेन्स्कीको तीनपटक हत्या प्रयास

अ+ अ-

काठमाडौँ । युक्रेनको टेलिभिजनमा विदूषकको भूमिका निभाउँदा निभाउँदै राष्ट्रपति बन्न पुगेका भोलोदिमिर जेलेन्सकी गत साता युद्ध सुरु भएयता कम्तीमा तीनपटक विशेष सुरक्षा दस्ताको ज्यान लिने प्रयासबाट बच्न सफल भएको युक्रेनी अधिकारीहरूले बताएका छन् । साथै रुसी जासुसहरूकै सूचनाको कारण उनको ज्यान बचेको पनि अनौठो प्रसङ्ग सार्वजनिक भएको छ ।

अमेरिकी अखबार वासिंगटन पोस्टका अनुसार युक्रेनको राजधानी किभका विभिन्न गहिरा बंकरमा लुक्दै आएका राष्ट्रपति जेलेन्स्कीको हत्याका लागि क्रेमलिनको आर्थिक सहयोग प्राप्त वाग्नर ग्रुप मर्सनरिज र चेचेन गणतन्त्रका नेता राम् जान आखमादोभिच कादिरोभका कुशल एवं तालिम प्राप्त टोली खटिएका थिए । चेचेन नेता रुसी राष्ट्रपति भ्लाडिमिर पुटिनका निकट सहयोगी तथा समर्थक हुन् ।

पुटिनका भान्से येभ्गेनी प्रिगोझिन ए.के.ए.द्वारा सञ्चालित वाग्नर मर्सनरिजसँग जेलेन्स्कीलगायत हत्या गरिनुपर्ने २४ जनाको नाम सूचि रहेको तर भिक वरपर तैनाथ युक्रेनी फौजका सशक्त प्रतिकारका कारण रुसी विशेष फौजलाई हत्याको मिसन सकाएर भाग्ने मार्ग ठम्याउन कठिन भएको दि टाइम्स अफ लन्डनले जनाएको छ ।

युक्रेनी राष्ट्रिय सुरक्षा प्रमुख आलेक्सि दानिलोभले युक्रेनी टेलिभिजन नेटवर्कलाई भनेका छन्, “रुसी सङ्घीय सुरक्षा सेवा (एफएसबी) का डबल एजेन्टहरुले ती हत्या प्रयासबारे हामीलाई चेतावनी दिएका थिए । यस हत्याकाण्डमा भाग लिन अनिच्छुक एफएसबीबाटै यसको सूचना पाएको म दावाका साथ भन्न सक्छु । धन्न हाम्रो राष्ट्रपतिको हत्या गर्न आएको कादिरोभका शक्तिशाली टोलीलाई नष्ट गरियो ।

प्रतिक्रिया दिनुहोस