८ बैशाख २०८२, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

संसदभित्रको गतिरोध चाँडो अन्त्य हुनुपर्छ : वरिष्ठ नेता पौडेल

अ+ अ-

काठमाडौँ । नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले संसदभित्रको गतिरोध चाँडो अन्त्य हुनुपर्ने बताएका छन् ।

नेपाली काँग्रेस निकट नेपाल निजामती कर्मचारी युनियनको आठौँ राष्ट्रिय सम्मेलनको उद्घाटन समारोहमा उनले जनताको समस्याबारे बहस र छलफल गर्ने थलो संसदभित्रको गतिरोध चाँडो अन्त्य हुनुपर्ने बताए ।

‘संसद् नचल्ने, जनताको समस्या छलफल नहुने हुनु हुँदैन, संसद् चल्नु पर्छ’, उनले भने । पूर्व सभामुखसमेत रहेका पौडेलले लामो समयसम्म संसद् अवरोध गर्दा जनताका धेरै समस्या अड्किएर बसेको बताए । निजामती कर्मचारी ऐन दुई वर्षदेखि संसदमा अड्किएर बस्नु दुःखद भएको उनको भनाइ थियो ।

वरिष्ठ नेता पौडेलले सङ्घीय तहका कर्मचारी प्रदेश वा स्थानीय तहमा र प्रदेश वा स्थानीय तहका कर्मचारी सङ्घीय आवश्यक परेमा सरुवा आउन जान पाउने गरी ऐन आउनुपर्ने उल्लेख गरे । उनले पेसागत हक र अधिकारको सुनिश्चित गर्दै जनताको सेवामा लाग्न सम्पूर्ण कर्मचारीलाई आग्रहसमेत गरे ।

नेपाली काँग्रेसका उपसभापति धनराज गुरुङले निजामती सेवा ऐन तत्काल संसद्बाट पारित गर्नुपर्ने बताए । ‘सबै राजनीतिक दलको छलफलमा निजामती सेवा ऐन संसद्बाट पारित गर्नुपर्छ’, उनले भने । उपसभापति गुरुङले नेता र कर्मचारी देश र जनताप्रति इमानदार भए मुलुकभित्र रहेको विकृति, विसङ्गति र भ्रष्टाचार अन्त्य हुने बताए ।आगामी निर्वाचनमा काँग्रेस एक्लै निर्वाचनमा जानुपर्ने उनको भनाइ थियो ।

काँग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले ट्रेड युनियनको अधिकारसहित सङ्घीय निजामती ऐन अगाडि बढाउन काँग्रेस कटिबद्ध रहेको बताए । उनले निजामती कर्मचारी देशको स्थायी सरकार भएको बताउँदै मुलुकलाई समृद्धिको यात्रामा अगाडि बढाउन कर्मचारीको ठुलो भूमिका रहेको बताए ।

काँग्रेसका अर्का महामन्त्री गगनकुमार थापाले विधिसम्मत ढङ्गले पार्टीलाई एकताबद्ध बनाएर अगाडि बढाउन काँग्रेसको वर्तमान नेतृत्व लागेको भन्दै पार्टीका भातृ एवं शुभेच्छुक संस्थाको अधिवेशनमा काँग्रेस नेतृत्वबाट हस्तक्षेप गर्न नहुने बताए । संसद्को अधिवेशन टुङ्गिनुभन्दा पहिले निजामती ऐन पास गराउने दिशामा वर्तमान सरकार लाग्ने उनको भनाइ छ । महामन्त्री थापाले स्थानीय तहको निर्वाचन वैशाख ३० गते नै सम्पन्न हुने स्पष्ट पारे ।

नेपाल निजामती कर्मचारी युनियनका राष्ट्रिय अध्यक्ष गोपालप्रसाद पोखरेलले सबै सेवाका कर्मचारीको अधिकारलाई समेटेर आधिकारिक ट्रेड युनियनको निर्वाचन हुनुपर्ने धारणा राखेका थिए । उनले कम्युनिस्ट सरकारले विचार र आस्थाका आधारमा कर्मचारी सरुवा, बढुवा गरेर कर्मचारीलाई दुःख दिएको गुनासो गरे ।

युनियनका पूर्व अध्यक्ष इन्जिनियर सुबोधकुमार देवकोटा, भानुभक्त ढकाल, राष्ट्रिय निजामती कर्मचारी सङ्गठनका अध्यक्ष हरिबहादुर रावत, नेपाल निजामती कर्मचारी सङ्गठनका अध्यक्ष केदार देवकोटा, मधेसी निजामती कर्मचारी मञ्चका अध्यक्ष भुवनेश्वर चौधरीलगायतले मुलुकको विकासका लागि सरकार र निजामती कर्मचारी सहकार्य गरेर अगाडि बढ्नुपर्ने बढाएका थिए ।

प्रतिक्रिया दिनुहोस