सङ्घीयता कार्यान्वयनमा मन्त्रालयको भूमिका र स्थानीय तहमा सेवा प्रवाहका सम्बन्धमा अन्तरक्रिया सम्पन्न « प्रशासन
Logo १७ असार २०८१, सोमबार

प्रशासन एक्सक्लुसिभ :

crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ? crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ? crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी  crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन  crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?  crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण
   

सङ्घीयता कार्यान्वयनमा मन्त्रालयको भूमिका र स्थानीय तहमा सेवा प्रवाहका सम्बन्धमा अन्तरक्रिया सम्पन्न


२१ फाल्गुन २०७८, शनिबार


सुनसरी । भोक्राहा नरसिंह गाउँपालिकाको आयोजना र सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको सहजीकरणमा मिति सङ्घीयता कार्यान्वयनमा सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको भूमिका र स्थानीय तहको सेवा प्रवाह सम्बन्धी अन्तरक्रिया तथा छलफल कार्यक्रम सम्पन्न भएको छ ।

शनिवार गाउँपालिकाको सभा हलमा सुरु भएको उक्त कार्यक्रममा सहसचिव वसन्त अधिकारीले स्थानीय तहको संस्थागत क्षमताको विषयमा, उपसचिव तुलसीराम अर्यालले मन्त्रालयको भूमिकाको बारेमा र प्रमुख प्रशासकीय अधिकृतले गाउँपालिकाको सेवा प्रवाहको समग्र स्थितिको बारेमा कार्यपत्र प्रस्तुत गरेका थिए ।

गाउँपालिकाको अध्यक्ष महेन्द्रप्रसाद यादवको अध्यक्षतामा भएको कार्यक्रममा सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका सहसचिव वसन्त अधिकारी, प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादव, उपाध्यक्ष पुनमकुमारी मेहता, उपसचिव तुलसीराम अर्याल, जिल्ला समन्वय अधिकारी त्रिलोचन न्यौपाने, कोसी र हरिनगर गाउँपालिकाको प्रमुख प्रशासकीय अधिकृतलगायत अन्य व्यक्तिहरूको सहभागिता रहेको थियो ।

कार्यक्रममा सहसचिव अधिकारी, प्रजिअ यादव, समन्वय अधिकारी न्यौपाने, वडाध्यक्ष अन्सारी तथा कोसी गाउँपालिकाको प्रशासकीय अधिकृत खगेन्द्र गिरीले स्थानीय तहको सेवा प्रवाहलाई प्रभावकारी बनाउन तीनै तहबिच आवश्यक समन्वय र सहजीकरण हुनुपर्ने धारणा राखेका थिए ।

पालिका अध्यक्ष महेन्द्रप्रसाद यादवले गाउँपालिकाले स्वच्छ छवि निर्माण गर्दै सेवा प्रवाहलाई प्रभावकारी बनाउन कुनै कसर बाँकी नराख्ने र भोक्राहा नरसिंह गाउँपालिकालाई हाम्रो गाउँपालिका राम्रो गाउँपालिका बनाउन पछि नपर्ने बताए ।

Tags :
प्रतिक्रिया दिनुहोस