७ बैशाख २०८२, आईतवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

उपप्राध्यापक पदको परीक्षा अन्तिम समयमा स्थगित

अ+ अ-

काठमाडौँ । त्रिवि सेवा आयोगले आज (आइतबार) देखि सञ्चालन गर्ने तयारी गरेको उपप्राध्यापक पदको परीक्षा अन्तिम समयमा स्थगित गरेको छ ।

फागुन २२ गतेदेखि चैत ७ गतेसम्मको परीक्षा चैत २४ गतेसम्मका लागि स्थगित गरिएको हो ।

त्रिवि सेवा आयोगले भने परीक्षा स्थगित नभई तालिका परिमार्जन गरिएको जनाएको छ । आंशिक प्राध्यापकहरूले गरेको तालाबन्दीको कारण परीक्षा गर्न सक्ने अवस्था नरहेकाले तालिका परिमार्जन गर्नु परेको सेवा आयोगका कार्यालय प्रमुख केदार ढकालले बताए । उनले भने, ‘तालाबन्दीको कारण आन्तरिक तयारी गर्न सकेनौँ जसको कारण परीक्षा सञ्चालन गर्न सकिने अवस्था नभएपछि पछि सारिएको हो ।’

त्रिवि सेवा आयोगले फागुन २२ गतेदेखि चैत २३ गतेसम्मलाई परीक्षाको समय तालिका सार्वजनिक गरेको थियो । त्यसका लागि परीक्षार्थीहरू देशभरबाट काठमाडौँ आएका थिए । परीक्षा अन्तिम समयमा स्थगित गरिएपछि उनीहरू मर्कामा परेका छन् ।

सेवा आयोगका कार्यालय प्रमुख ढकालले विभिन्न जिल्लाबाट आएका परीक्षार्थीहरूलाई ध्यानमा राखेर पूर्वनिर्धारित मितिमै परीक्षा गराउने प्रयास गरे पनि नसकेपछि अन्तिम समयमा तालिका संशोधन गर्न बाध्य भएको बताए ।

चैत ८ गतेदेखि २३ गतेसम्म हुने परीक्षालाई भने यथावत राखिएको र त्यसअघि तय भएको परीक्षा मात्रै पछाडि सारिएको त्रिवि सेवा आयोगका कार्यालय प्रमुख ढकालले बताए ।

आंशिक प्राध्यापकहरूले त्रिवि सेवा आयोगले लिने परीक्षाको पाठ्यक्रम परिमार्जनको माग राख्दै माघ २३ गतेदेखि तालाबन्दी गरेका छन् । आंशिक प्राध्यापक त्रिवि सङ्घर्ष समितिका अध्यक्ष गोकुल लिम्बुले त्रिवि सेवा आयोगले सङ्घर्ष समितिसँग बिना छलफल परीक्षा सारेको बताएका छन् ।

प्रतिक्रिया दिनुहोस