६ बैशाख २०८२, शनिबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

हाकुमा जलविद्युत् आयोजना सुरु, रसुवाले सात सय मेगावाट बिजुली दिने

अ+ अ-

रसुवा । रसुवा जिल्लाको सबैभन्दा ठुलो माथिल्लो त्रिशूली–१ जलविद्युत् आयोजनाले आफ्नो निर्माण तीव्र रूपमा अगाडि बढाएको छ ।

त्रिशूली नदीको पानी सदुपयोग गर्दै आमाछोदिङ्मो गाउँपालिका वडा नं १ र उत्तरगया गाउँपालिका वडा नं १ को हाकु पाखाको जमिनलाई आधार बनाई भूमिगत संरचनाबाट २१६ मेगावाट क्षमताको विद्युत् उत्पादन गर्न लागिएको हो ।

धुन्चेको पुछार भोटेकोसीमा बाँध बाँधी नौ दशमलव सात किमी सुरुङको सहायताले मैलुङ दोभानमा पानी पुर्‍याई विद्युत् उत्पादन गरिने छ । रु ५५ अर्बका लागतमा निर्माण सम्पन्न गर्ने लक्ष्य लिई प्रारम्भिक अध्ययन भएको १० वर्षपछि नेपाल वाटर एन्ड एनर्जी डेभलपमेन्ट कम्पनीले दुई महिनादेखि पूर्णरूपमा निर्माण अगाडि बढाएको हो ।

आर्थिक स्रोत व्यवस्थापन, वातावरण तथा भौगर्भिक अवस्थाको अध्ययन, नेपाल विद्युत् प्राधिकरणसँग विद्युत् खरिदबिक्रीको सम्झौता, बाह्य संरचनाअन्तर्गत आवास तथा पहुँच मार्गको निर्माणलगायत काम पूरा गरी सुरुङ निर्माणको काम अगाडि बढाइएको छ ।

सदरमुकाम धुन्चे पुछार भोटेकोसीमा १०९ मिटर लम्बाइ, ३०.८ मिटर चौडाइ र २९ दशमलव ५ मिटर उचाइ भएको बाँध, ६.७ मिटर व्यास र नौ दशमलव सात किलोमिटर लम्बाइको हेडरेस सुरुङ निर्माण हुने आयोजनाका प्राविधिक निर्देशक गिरिराज अधिकारीले बताए । सुरुङ निर्माणअन्तर्गत ९० डिग्री भिरालो आकारमा २९२ मिटर लामो पेनस्टक तथा २४१ मिटरको टेलरेस सुरुङ निर्माण हुने छ ।

अधिकांश स्थान भीरपाखो रहेको भोटेकोसीको साँघुरो बगर क्षेत्रमा काम गर्न असहज भए पनि क्रमिक रूपले व्यवस्थापन गर्दै निर्धारित समयमै भूमिगत संरचना निर्माण सम्पन्न गराउन प्राविधिक समूह अगाडि बढिरहेको निर्देशक अधिकारीले बताए ।

आयोजनाका विशेषता

सम्पूर्ण संरचना भूमिगत, कडा चट्टान भएका कारण भूक्षय तथा बाढीपहिराले कुनै असर नगर्ने र वर्षा यामको कुनै बेला भोटेकोसीमा बाढी आइहाले पनि मुहानको ढोका बन्द गर्नासाथ सबै उपकरण सुरक्षित हुने प्राविधिकले बताए । विद्युत् गृहमा फ्रान्सिस नामक तीन टर्बाइन जडान हुने र प्रतिटबाईन ७२ मेगावाट क्षमताको हुने जनाइएको छ ।

तिब्बतबाट आउने भोटेकोसी एवं लेहेन्दे खोला, नेपाली भूभागको टिमुरेको घटृेखोला, रोङ्गा, लाङ्टाङ् एवं गोसाइँकुण्डबाट आउने त्रिशूलीसमेतका ठाडो खोल्छाबाट झरेको पानी धुन्चे पुछारमा एकत्रित हुने र पौराणिककालदेखिको त्रिशूलीको पानीसमेत विद्युत् उत्पादनमा यथेष्ट हुने बताइएको छ ।

विसं २०१८ साउनमा एक पटक ठुलो बाढी आए पनि त्यसले नदी किनारका बस्तीलाई कुनै असर नगरेका कारण विकास–निर्माणका संरचना भरपर्दो हुने कालिका–२ धैबुङका पण्डित टङ्कप्रसाद ढकालले बताए ।

वित्तीय व्यवस्थापन
नेपाल वाटर एन्ड एनर्जी डेभलमेन्ट कम्पनीको आफ्नो आन्तरिक स्रोतबाट ३० प्रतिशत र नौ विदेशी बैङ्क तथा वित्तीय संस्थाको ७० प्रतिशत ऋण प्रवाह गर्ने सम्झौता भएको छ ।

आयोजना निर्माणका लागि ऋण दिने विदेशी बैङ्क तथा वित्तीय संस्थामा आइएफसी, एडिबी, एआइआइबी, केइएक्सआइएम, केडिबी (कोरिया विकास बैङ्क), एफएमओ (नेदरल्याण्ड्स विकास बैङ्क), प्रोपार्को ( फ्रान्स विकास बैङ्क ), सिडिसी (बेलायत विकास बैङ्क) र ओएफआइडी ( ओपेक फण्ड) छन् ।

उत्पादित विद्युत् खरिदबिक्री व्यवस्थापन

वार्षिकरूपमा एक दशमलव ४५ करोड युनिट विद्युत् उत्पादन हुने छ । प्रतियुनिट हिउँद याममा रु आठ र पैसा ४० तथा वर्षायाममा रु चार र पैसा ४० का दरले खरिदबिक्री गर्ने गरी प्राधिकरणसँग पिपिए सम्झौता सम्पन्न भइसकेको बताइएको छ । हिमपातका समयमा पानी जम्न गई जलप्रवाहमा कमी आउने भएका कारण शरद्, हेमन्त र शिशिर ऋतुका समयमा भने ५० प्रतिशत उत्पादन घट्ने आयोजनाले जनाएको छ ।

पाँच वर्षमा आयोजनाको संरचना निर्माण सम्पन्न गर्ने लक्ष राखिएको छ । उत्पादन सुरु भएपछि १० वर्षभित्र दातासँग भएको सम्झौता बमोजिमको ऋण रकमको साँवा र ब्याज क्रमिक रूपमा चुक्ता गर्दै जाने बताइएको छ ।

आयोजना प्रभावित बासिन्दालाई सुविधा

रसुवाको दूरदराज क्षेत्रमा अवस्थित हाकु इलाकामा सञ्चालित उक्त आयोजनाबाट प्रभावित मानिएका स्थानीय बासिन्दालाई उनीहरूको क्षमताअनुसार रोजगारीको अवसर प्रदान गरी क्रमिक रूपमा सामाजिक विकासलाई सघाउने लक्ष्य लिएको छ ।

रोजगारी, शैक्षिक जागरण, सामाजिक कार्य, धर्म संस्कृति, वातावरण र जैविक विविधता संरक्षण, स्वास्थ्योपचारमा सहजीकरण, खेलकुदलाई प्रोत्साहन,सुरक्षामा सहयोग एवं पूर्वाधार निर्माण जस्ता कार्यलाई प्राथमिकता दिइएको छ ।

आयोजनामा प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा हाकु क्षेत्रका १५० स्थानीयवासीले रोजगारी एवं करिब १५ व्यक्तिले आफ्नो क्षमताअनुसार कामको अवसर पाइसकेका छन् ।

आयोजनाले आफ्नो कार्य क्षेत्र तय गरे लगत्तै सामाजिक योगदानलाई उच्च प्राथमिकता दिँदै आएको छ । शिक्षाको गुणस्तरमा वृद्धि गराई प्रभावित क्षेत्रका बालबालिकाको उज्ज्वल भविष्य निर्माण गर्न ठुलो र सानो हाकु तथा हाकुबेँसीका विद्यालयमा तीन वर्ष अगाडिदेखि एक/एक शिक्षक व्यवस्था, टाढाबाट आएका छात्रछात्रालाई धुन्चेस्थित रसुवा माविको हातामा छात्रावास भवन एवं राम्चेमा विद्यालय भवन निर्माण सम्पन्न गरिएको छ ।

हाकु स्वास्थ्य केन्द्र भवन निर्माण सम्पन्न गर्नाका साथै विगतका समयमा कोभिड सङ्क्रमण नियन्त्रणका लागि गोसाईँकुण्ड, आमाछनेदिङ्मो, कालिका र उत्तरगया गाउँपालिकालाई आर्थिक सहयोग प्रदान गरिएको थियो ।

यातायात पहुँच

धुन्चे र हाकुबेँसीबीच त्रिशूलीमा बेलिब्रिज निर्माण, फूलबारी– लाम्राङ सडक निर्माण, ठुलो हाकु क्षेत्रमा जाने तीन किमी पैदल मार्ग निर्माण , तिरू सडक स्तरोन्नति एवं धुन्चे–खोदल सडक निर्माणमा आर्थिक सहयोग प्रदान गरिसकिएको वरिष्ठ वातावरण तथा सामाजिक अधिकृत सञ्जीव कार्कीले बताए ।

मैलुङ, स्याफ्रुबेँसी, रसुवागढी अन्तर्राष्ट्रिय राजमार्गअन्तर्गत धुन्चे पुछार त्रिशूलीमा समेत आयोजनाले पुल जडान गरी केरुङबाट आयातित माल सामग्री बोकेका ट्रक कन्टेनर ओहोरदोहोर गर्न सहजता ल्याएको छ ।

यसरी सहयोगका क्रममा गोसाईंकुण्ड मेला व्यवस्थापन, खेलकुदमा जागरण, स्याफ्रुको कोमिन, हाकुबेँसी एवं थाङ्बु क्षेत्रका बौद्ध गुम्बालाई आर्थिक सहयोग र नेपाल प्रहरीको हाकु प्रहरी चौकीका लागि जग्गा व्यवस्थापन एवं आर्थिक सहयोग गरेको बताइएको छ ।

लाङटाङ राष्ट्रिय निकुञ्जको संरक्षणमा सघाउ पुर्‍याउन मैलुङमा सुरक्षाचौकी र धुन्चेस्थित नेपाली सेनाको हातामा रात्रिकालिन हेलिप्याड निर्माणलाई समेत आर्थिक सहयोग गरिसकिएको बताइएको छ । जैविक विविधता संरक्षणअन्तर्गत विगतका समयमा डढेलो नियन्त्रण कार्यक्रमलाई आर्थिक सहयोग गरिएको थियो ।

दीर्घकालीन लक्ष्य

स्थानीयस्तरमा व्यावसायिक तालिम प्रदान गरी क्षमता अभिवृद्धि गराउने, विद्युत् पहुँच नपुगेका प्रभावित स्थानमा विद्युतीकरण गर्ने, वन संरक्षणको क्षमता अभिवृद्धि गराउने र वृक्षरोपणलाई बढावा दिई वनजङ्गल हराभरा बनाउँदै लगिने आयोजनाले लक्ष्य राखेको छ ।

स्थानीय बासिन्दाका लागि रु ११ करोड बराबरको आदिवासी जनजाति उत्थान विकास विशेष कार्यक्रम सञ्चालन गर्ने लक्ष्य लिइएको छ । जनजातिको उत्थानका लागि गरिने विशेष कार्यक्रम आदिवासी जनजाति सल्लाहकार परिषद्मार्फत सञ्चालन गरिने आयोजनाले जनाएको छ ।

जिल्लामा अपार रूपले बगेर खेर गइरहेको जलस्रोत सदुपयोग गर्दै नदी तथा खोला किनारमा दर्जनौँ जलविद्युत् आयोजना निर्माणाधीन छन् भने केही प्रस्ताव गरिएको छ । जिल्लामा सबैभन्दा पहिले निर्माण भएको २२ मेगावाट क्षमताको चिलिमे जलविद्युत् आयोजनाले विसं २०६० भदौ ८ गतेदेखि उत्पादन दिन थालेको हो । सुरुमा २० मेगावाट क्षमता रहे पनि केही वर्षपछि उपकरणमा सुधार गरी दुई मेगावाट वृद्धि गरिएको चिलिमे जलविद्युत् केन्द्रले जनाएको छ ।

‘नेपालीको पौरख नेपालको गौरव’ भन्ने नाराका साथ नेपाली प्राविधिकको डिजाइन तथा कर्मचारी सञ्चय कोष र नागरिक लगानी कोषको ऋण सहयोगअन्तर्गत ब्याजसमेत रु दुई अर्ब ६४ करोडका लागतमा निर्माण सम्पन्न गरेको जनाइएको छ ।

चिलिमे जलविद्युत् केन्द्रले उत्पादन दिन थालेपछि आठ वर्षे ऋण चार वर्षमै चुक्ता गर्न सफल भएको बताइन्छ । भूमिगत संरचनाबाट पहिलो पटक डिजाइन तथा निर्माण गर्न सफल भएसँगै चिलिमे जलविद्युत् आयोजनामा कार्यरत प्राविधिकले रसुवागढी र स्याङ्जेन क्षेत्रमा समेत विद्युत् आयोजनाको निर्माण अगाडि बढाएका थिए ।

हाल रसुवागढी जलविद्युत कम्पनीमार्फत रसुवागढी जलविद्युत् आयोजना ९१११ मेगावाट० तथा साञ्जेन जलविद्युत् कम्पनीमार्फत माथिल्लो साञ्जेन जलविद्युत् आयोजना ९१४ दशमलव आठ० र तल्लो साञ्जेन जलविद्युत् आयोजना ९४२ दशमलव पाँच मेगावाट क्षमता० को निर्माण अन्तिम चरणमा पुगेको छ ।

रसुवागढी जलविद्युत् आयोजनाका सम्पूर्ण संरचना भूमिगत तथा साञ्जेन आयोजना अर्धभूमिगत छन् । पछिल्लो समय धमाधम उपकरण जडान गर्ने काम अगाडि बढिरहेको रसुवागढी जलविद्युत् कम्पनीले जनाएको छ । यसै गरी साञ्जेन जलविद्युत् आयोजनाको पनि उपकरण जडान प्रक्रिया अगाडि बढेको छ ।

भोटेकोसीको पानीबाट रसुवागढीको अलावा गत वर्षदेखि रोङ्गा नजिक १२० मेगावाट भोटेकोसी विद्युत् आयोजनाको निर्माण अगाडि बढिरहेको छ । यस्तै लाङटाङ खोला २०, सुपर साङ्जेन ७३ , माथिल्लो मैलुङ १४, सुपर मैलुङ ६, फलाखु खोला १४ निर्माणाधीन छन् । धुन्चेको ६ मेगावाट क्षमताको जलविद्युत् भने प्रक्रियामा नै रहेको बताइएको छ ।

यसरी नै त्रिशूलीको पानीबाट डाँडागाउँ इलाकामा प्राधिकरणले निर्माण गराएको माथिल्लो त्रिशूली थ्र्रीए नामक जलविद्युत् केन्द्रमार्फत विगत वर्षदेखि ६० मेगावाट विद्युत् उत्पादन गरिरहेको छ । मैलुङ खोलाको दोभानमा भने विसं २०७१ सालमै मैलुङ जलविद्युत् केन्द्रले पाँच मेगावाट विद्युत् उत्पादन गराइसकेको छ ।

जिल्लामा निर्माणाधीन र निर्माण भएका सम्पूर्ण विद्युत् आयोजना (लाङटाङ खोलाको २० मेगावाट बाहेक) लाङटाङ राष्ट्रिय निकुञ्जको कार्यक्षेत्र बाहिर छन् । आयोजनाअन्तर्गत स्थानीयस्तरमा प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा दिइएको रोजगारीले केही हदसम्म जीविकोपार्जनमा सहजीकरण भएको नागरिक समाजका अध्यक्ष बाबुलाल तामाङले बताए ।

प्रतिक्रिया दिनुहोस