१३ बैशाख २०८२, शनिबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

जनता आवास कार्यक्रम : चार सय ३७ घर निर्माणाधीन

अ+ अ-

महेन्द्रनगर । जनता आवास कार्यक्रमअन्तर्गत कञ्चनपुर र कैलालीमा ४३७ दुई कोठे घर निर्माणाधीन अवस्थामा रहेका छन् ।

न्यून आय भएका दलित एवं विपन्न परिवारका लागि सरकारले रु १० करोड रकम विनियोजन गरेर घर बनाइदिन लागेको हो ।

गत आर्थिक वर्षदेखि यहाँ उक्त कार्यक्रमअन्तर्गत निर्माणको काम थालिए पनि कोरोना भाइरस सङ्क्रमणका कारण काम प्रभावित बनेको थियो ।

जनता आवास कार्यक्रमअन्तर्गत कञ्चनपुरमा २३७ र कैलालीमा २०० घर निर्माण भइरहेको सहरी विकास तथा भवन कार्यालय धनगढीका प्रमुख गोविन्द देवकोटाले जानकारी दिए ।

‘चालू आर्थिक वर्षमा ९० प्रतिशत घर निर्माण गरिसक्ने लक्ष्य रहेको छ’, प्रमुख देवकोटाले भने, ‘अहिले घर निर्माणको प्राविधिक र अन्य रेखदेखको काम हामीले नै गरिरहेका छौँ ।’

उनका अनुसार कञ्चनपुरको भीमदत्त नगरपालिकामा ६६, कृष्णपुर नपामा ३३, पुनर्वास नपामा ३३, दोधारा–चाँदनी नगरपालिकामा ३९, बेलौरी नपामा ३३ र बेदकोट नपामा ३३ घर बनिरहेका छन् ।

त्यसै गरी कैलालीमा धनगढी उपमहानगरपालिकामा ४२, गोदावरी नपामा २८, गौरीगङ्गा गाउँपालिकामा नौ, घोडाघोडीमा २३, बर्दगोरिया गाउँपालिकामा १४, लम्कीचुहा नगरपालिकामा २७, जानकी गाउँपालिकामा १५, भजनी नगरपालिकामा २१ र टीकापुर नगरपालिकामा २१ घर निर्माण भइरहेका छन् ।

‘उपभोक्ता र लाभग्राहीसित सम्झौता भएर घर बन्दै छन्’, प्रमुख देवकोटाले भने, ‘घर बनाउन प्रतिपरिवार रु तीन लाख ३६ हजार सरकारले दिएको छ ।’ उनका अनुसार प्रतिपरिवार र उपभोक्ता समितिले १० प्रतिशत श्रमदान गर्नुपर्ने प्रावधान रहेको छ ।

घर निर्माणका लागि कैलालीमा रु पाँच करोड पाँच लाख र कञ्चनपुरमा रु पाँच करोड ७६ लाख रकम विनियोजन गरिएको छ ।

प्रतिक्रिया दिनुहोस