१० बैशाख २०८२, बुधबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

आगलागी पीडितलाई राहत उपलब्ध गराउन माग

अ+ अ-

काठमाडौँ । तनहुँको व्यास नगरपालिका–४ मा आइतबार भएको आगलागीबाट पीडित भएकालाई राहत उपलब्ध गराउन नेपाली काँग्रेस र नेकपा (एमाले)ले सरकारसँग माग गरेका छन् । आगलागीबाट घर क्षति भएकालाई उचित राहत उपलब्ध गराउन ती दुई पार्टीले सरकारसँग माग गरेका हुन् ।

काँग्रेस तनहुँका सचिव लक्ष्मीभक्त खनालद्वारा जारी विज्ञप्तिमा भूपाल हार्डवेयर र ज्योति जनरल सप्लायर्स र त्यस आसपासका अन्य व्यावसायिक तथा घरमा भएको क्षतिप्रति दुःख व्यक्त गर्दै उचित राहतको माग गरिएको छ । “भीषण आगलागी नियन्त्रणका लागि सहयोग पुर्‍याउने सबैप्रति कृतज्ञता व्यक्त गर्दै क्षतिको यथार्थ मूल्याङ्कन गरी क्षतिपूर्ति उपलब्ध गराउन माग गर्दछौँ”, विज्ञप्तिमा भनिएको छ ।

यसैगरी एमाले तनहुँले पनि आगलागीबाट पीडित भएकालाई राहत उपलब्ध गराउन माग गरेको छ । एमाले जिल्ला उपसचिव प्रदीपराज अधिकारीले दुःखको घडीमा सहानुभूति प्रकट गर्दै क्षतिको यकिन मूल्याङ्कन गरी पीडितलाई राहत उपलब्ध गराउन सरकारसँग माग गरेका छन् ।

आइतबार बिहान १० बजेदेखि लागेको आगो दिउँसो २ बजे पूर्णरुपमा नियन्त्रणमा आएको थियो । आगलागीबाट करोडौँ क्षति भएको प्रारम्भिक अनुमान छ । क्षतिको यकिन विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार आगलागीबाट भूपाल हार्डवेयरको गोदाम पूर्णरुपमा क्षति भएको छ । त्यस्तै ज्योतिकुमार श्रेष्ठको तीन तले पक्की घरको पछाडि भाग आंशिक र गोदाम पूर्णरुपमा क्षति भएको छ ।

यसैगरी बलराम रानाको तीन तले पक्की घरको पछाडि एक साइड जलेर आंशिक, कृष्णबहादुर थापाले सञ्चालन गरेको तनहुँसुर मिनी मार्केटको दुई सटर आंशिक, होमबहादुर गुरुङको तीन तले घरको पछाडि भागको झ्याल ढोकालगायत गाह्रोमा क्षति, राममाया गुरुङको तीन तले पक्की घरको पछाडि भागको झ्याल ढोकालगायतमा क्षति, लालबहादुर गुरुङको चारतले पक्की घरको पछाडिको भाग झ्याल ढोका जली आंशिकरुपमा क्षति भएको छ ।

यस्तै लीलबहादुर विकको दुई तले पक्की घरको पछाडिको झ्यालको चौकोस जली आंशिक क्षति, नवीन गुरुङको चारतले पक्की घरको पछाडिको झ्याल ढोका जली आंशिक, दीपककुमार श्रेष्ठको तीन तले पक्की घरको पछाडिको झ्यालको सिसा फुटेको वीरदेव धमेलको तीन तले पक्की घरको पछाडि झ्यालको चौकोस सामान्यरुपमा जलेर क्षति पुगेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस