१३ बैशाख २०८२, शनिबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

गण्डकी प्रदेशका मुख्यमन्त्रीबाट मटिहानीमा पूजा अर्चना

अ+ अ-

महोत्तरी । मधेस प्रदेशको सद्भावना भ्रमणका क्रममा गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले आज मटिहानीका धार्मिक स्थलको अवलोकन र पूजा अर्चना गरेका छन् ।

तीन दिने भ्रमणको अन्तिम दिन आज मुख्यमन्त्री पोखरेलले मटिहानीस्थित श्री लक्ष्मीनारायण मन्दिरमा र रामायणकालीन लक्ष्मी सागर तलाउमा पूजा अर्चना गरेका हुन् । लक्ष्मी सागर तलाउ त्रेता युगमा राम सीताको विवाहमा बेदी बनाउन माटो खनिएको पवित्र ठाउँ मानिन्छ । पहिले श्री लक्ष्मीनारायण मन्दिर पुगेका पोखरेलले भगवान् लक्ष्मीनारायणको पूजा आराधना गरे ।

त्यस अवसरमा मुलुकभरिकै मठहरूको नायक मठ श्री लक्ष्मीनारायण परिसरको अवलोकन पोखरेलले गरे । मुख्यमन्त्री पोखरेल लक्ष्मी सागर पुग्नुभई पवित्र तलाउको पूजा र आरतीमा सरिक भए ।

त्यस अवसरमा मटिहानी नगरपालिकाका प्रमुख हरिप्रसाद मण्डल, मठका मानमहन्थ एवं साधु सन्त र उद्योगी व्यवसायीले मुख्यमन्त्री पोखरेलको हार्दिक स्वागत गरे । मटिहानी भ्रमणका क्रममा मुख्यमन्त्री पोखरेल विक्रम संवत् १७७५ मा स्थापना भएको हालको राजकीय संस्कृत माध्यमिक विद्यालयको अवलोकन गर्दै त्यहाँ बटुकहरूले नियमित आयोजन गर्दै आएका अखण्ड रुद्राभिषेकमा सरिक भए ।

भ्रमणका क्रममा उनले मटिहानीमा निर्मित अत्याधुनिक रङ्गशाला, अतिथि गृह, घण्टाघर र मटिहानी प्रवेशद्वारको अवलोकन गरेका छन् । मटिहानीस्थित नवनिर्मित रङ्गशाला गत मङ्सिर ६ गते राष्ट्रपति विद्यादेवी भण्डारीले उद्घाटन गरेकी हुन् । मुख्यमन्त्री पोखरेलसहितको भ्रमण टोलीका सदस्यलाई अतिथि गृहमा आयोजित एक समारोहबिच नगरप्रमुख मण्डलले हार्दिक स्वागत गर्दै दोसल्ला ओढाएर मायाको चिनो प्रदान गरे ।

मधेस प्रदेशका मुख्यमन्त्री मोहम्मद लालबाबु राउतको निमन्त्रणामा शनिवार जनकपुर क्षेत्रको भ्रमणमा आएका पोखरेलको आज पोखरा फर्कने कार्यक्रम छ । यसअघि पोखरेलले महोत्तरीको बर्दिबास नगर क्षेत्रका धार्मिक स्थलको भ्रमण गरेका थिए । भ्रमणका क्रममा मधेस प्रदेशको विकास प्रयत्नलाई नजिकबाट नियाल्न पाएको पोखरेलको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस