काठमाडौँ । आउँदो वैशाख ३० गते स्थानीय तहको चुनावमा ७२ दलले देशै भरी उम्मेदवारी दिने भएका छन् ।
निर्वाचन आयोगमा निर्वाचन प्रयोजनका लागि दर्ता भएका ८० दलमध्ये ७२ दलले देश भरी उम्मेदवार उठाउने भन्दै निवेदन दर्ता गरेका छन् । उनीहरूले त्यसको तयारी गरिरहेको छन् ।
यति बेला मतदाता नामावलीमाथि दाबी विरोधको प्रक्रिया चलिरहेको बताउँदै १ करोड ७८ लाख मतदाता नामावली स्थानीय तहहरूमा पठाइएको बताए ।