६ बैशाख २०८२, शनिबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

दक्षजनशक्तिसहित बारुणयन्त्र तयारीको माग

अ+ अ-

दमौली । तनहुँको व्यास नगरपालिका–४ स्थित भूपाल हार्डवेयरमा आइतबार लागेको आगो निभाउन चार घण्टा लाग्यो । भूपाल हार्डवेयरको गोदामबाट सुरु भएको आगलागीले ज्योति जनरल सप्लायर्स हुँदै नजिक रहेका घरमासमेत क्षति पुग्यो ।

आगलागीको केही समयमा व्यास नगरपालिकाको बारुणयन्त्र घटनास्थल पुग्यो । छिर्न नमिल्ने साँघुरो गल्ली, मानिसको भीडभाडले गर्दा बारुणयन्त्र प्रयोगमा केही समय बाधासमेत पुग्यो । आइतबारको घटनाले ठूलो पाठ सिकाएको भन्दै आगामी दिनमा यस्ता घटनामा थप क्षति हुन नदिन दक्ष जनशक्तिसहित आधुनिक प्रविधिको बारुणयन्त्र तयारी गर्नुपर्ने स्थानीयबासीको माग छ ।

तनहुँ उद्योग वाणिज्य सङ्घका कोषाध्यक्ष दिनेशकुमार श्रेष्ठ भन्छन्, ‘न दक्ष जनशक्ति छ नत बारुणयन्त्र नै, पोखराबाट दुई वटा बारुणयन्त्र नआएको भए ठूलो क्षति हुने रहेछ,’ उनले भने ।

स्थानीवासी रजाक मियाँले जिल्लामा पर्याप्त बारुणयन्त्र नभएर अन्यत्रबाट मगाउनुपर्ने अवस्था विडम्बनापूर्ण रहेको बताए । ‘सदरमुकाममै यस्तो अवस्था भएपछि भोलि फेरि आगलागीका घटना हुँदा ठूलो क्षति हुनसक्छ, बेलैमा तयारी गर्नुपर्छ,’ उनले भने ।

भूपाल हार्डवेयरको टहरा भत्काएर पोखरा, चितवन लगायतबाट मगाइएको बारुणयन्त्र र काठमाडौँबाट ल्याइएको हेलिकप्टरलेबाट पानी खसालिएको थियो ।

अधिकांश स्थानीय तहमा बारुणयन्त्र छैन । बन्दीपुरमा भारत सरकारले बारुणयन्त्र दिएपनि प्रयोगमा नआइकन बिग्रिएको छ ।

प्रतिक्रिया दिनुहोस