८ बैशाख २०८२, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

चेन गेटमा ताला लगाएर प्रधान परिवारका पाँचै जनाले विष सेवन गरेका थिए : प्रहरी (अपडेट)

अ+ अ-

काठमाडौँ । काठमाडौँको नागार्जुन नगरपालिका–६ स्थित राम कोट डाँडा पौवाको एकै घरका पाँच जनाले विष सेवन गरी सामूहिक आत्महत्याको प्रयास गरेको देखिएको छ।

घटनास्थलमा पुगेका प्रहरी अधिकृतका अनुसार सोमबार राति करिब साढे ९ बजे घटनाबारे जानकारी आएको थियो।

घटनास्थलमा पुग्दा एकै परिवारका पाँच जना सख्त बिरामी अवस्थामा फेला परेका थिए। उनीहरूले विष सेवन गरेको देखिएको छ।

महानगरीय प्रहरी वृत्त स्वयम् भुका प्रहरी नायब उपरीक्षक मिलन केसीका अनुसार प्रहरी पुग्दा घरको चेन गेटमा ताला लागेको थियो।

त्यो दुई तले घर उद्धव गिरीको हो। दोस्रो तलामा पाँच जनाको परिवार डल्लुबाट भाडामा बस्न गत कात्तिक महिनामा आएका थिए।

मृत्यु हुनेमा २८ वर्षीय सुवर्णमान प्रधान छन्। उनी हाल उपचाररत ६३ बर्सिया इन्द्रमाया प्रधानका भतिजा हुन्।

अन्य गम्भीर अवस्थामा उपचाररत ३८ वर्षीय भीममान प्रधान, उनकी श्रीमती ३३ बर्सिया मन्दिर प्रधान र उनीहरूकी ११ बर्सिया छोरी सुब्रिना प्रधान छन्।

‘उनीहरू सबैले विष सेवन गरेको देखिएको छ, उनीहरू गिरीको घरको दोस्रो तलाको एउटै फ्ल्याटमा बस्थे,’ केसीले भने।

विष सेवन गर्नुको कारण खुलिनसकेको केसीले बताए। परिवारमा के समस्या थियो भन्ने खुलिन सकेको केसीले बताए।

‘फ्लाटमा सबै जना लडिरहेका थिए, मुखमा फिँज काढिरहेका थिए, फ्ल्याटमा सामानहरू यत्रतत्र असरल्ल थिए,’ केसीले भने, ‘हामीले उठाएर सबैलाई मनमोहन मेमोरियल अस्पताल पुर्‍यायौं, त्यहाँ पुर्‍याउँदा सुवर्णमानको मृत्यु भयो, अरूको उपचार भइरहेको छ।’

घटनास्थलमा विषका प्याकेटहरू फेला परेको केसीले बताए। तर, ती प्याकेटहरू के–कस्तो विषका हुन् भन्नेबारे अनुसन्धान भइरहेको उनले बताए।

‘सामूहिक तरिकाले आत्महत्या गर्नका लागि विष सेवन गरेको देखिएको छ,’ केसीले भने, ‘विषका पोकाबारे अनुसन्धान भइरहेकाले अहिले यही हो भनेर भन्ने अवस्था छैन।’

प्रहरीले घटनास्थलको मुचुल्का उठाएर अनुसन्धान गरिरहेको छ। मृतकको शव पोस्टमार्टमका लागि त्रिवि शिक्षण अस्पताल पठाउने तयारी प्रहरीको छ।

प्रतिक्रिया दिनुहोस