७ बैशाख २०८२, आईतवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

ड्युटीमा रहेका प्रहरी हवलदारको मृत्यु, जवान घाइते

अ+ अ-

काठमाडौँ । मोटरसाइकलको ठक्करले बाँकेमा एक प्रहरी हवलदारको मृत्यु भएको छ।

नेपालगन्जमा भएको दुर्घटनामा प्रहरी जवान घाइते छन्।

राँझा चोकमा ड्युटीमा खटिएका प्रहरी हवलदार २९ वर्षीय भूपेन्द्रबहादुर शाहीको मोटरसाइकलको ठक्करबाट मृत्यु भएको हो।

जिल्ला प्रहरी कार्यालय बाँकेका एसपी श्यामकृष्ण अधिकारीका अनुसार मोटरसाइकलको ठक्करबाट घाइते हवलदार शाहीलाई अस्पताल लैजाँदै गर्दा बाटोमै मृत्यु भएको हो।

ड्युटीमै रहेका प्रहरी जवान ३५ वर्षीय नरेश चौधरी पनि मोटरसाइकलको ठक्करले घाइते छन्। उनको नेपालगन्ज नर्सिङ होममा उपचार भइरहेको छ। उनको टाउकोमा चोट लागेको छ।

उनीहरू इलाका प्रहरी कार्यालय मातहत राँझा विटमा कार्यरत थिए।

सोमवार बेलुकी सवा ८ बजेतिर नेपालगन्जबाट कोहलपुरतर्फ आउँदै गरेको भे १० प ४७५७ नम्बरको मोटरसाइकलले ड्युटीमा रहेका उनीहरूलाई ठक्कर दिएको थियो।

मोटरसाइकल चालकले मादक पदार्थ सेवन गरेको अनुमान छ।

मोटरसाइकल चालक बर्दिया राजापुरका २० वर्षीय सन्तोष बम सिंह ठकुरीलाई प्रहरीले नियन्त्रणमा लिएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया दिनुहोस