६ बैशाख २०८२, शनिबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

समान हक र सहभागिता दिलाउन नीति र कानुन आवश्यक : मुख्यमन्त्री राई

अ+ अ-

मोरङ । प्रदेश नं १ का मुख्यमन्त्री राजेन्द्रकुमार राईले महिलालाई शिक्षाबाट वञ्चित गरेमा मुलुकको विकासमा बाधा पुग्ने बताएका छन् ।

राज्यले उनीहरुलाई समान हक र समान सहभागिता दिलाउन आवश्यक नीति र कानुन बनाउनुपर्ने आवश्यकता औँल्याए ।

सामाजिक विकास मन्त्रालयद्वारा ११२औँ अन्तर्राष्ट्रिय महिला दिवसको उपलक्ष्यमा आज यहाँ आयोजित कार्यक्रमको उद्घाटन गर्दै उनले महिलाको समानुपातिक प्रतिनिधित्व थप हुनुपर्नेमा जोड दिँदै उनीहरुको सुझबुझ र श्रमबाट घरपरिवार, समाज र देशको चौतर्फी विकास हुने धारणा राखे । समाजमा भ्रुण हत्या जस्तो अवैध कार्य भइरहेकोले सबैले यस कार्यलाई अविलम्ब रोक्नुपर्नेमा उनले जोड दिए ।

स्वास्थ्यमन्त्री जयराम यादवले महिलाले आफ्नो अधिकार मागेर प्राप्त नभएमा खोसेर लिनुपर्छ भने । उपसभामुख सरस्वती पोखरेलले महिलाको सङ्घर्षबाट स्थानीय पालिकामा ४० प्रतिशत प्रतिनिधित्व सुनिश्चित भएको चर्चा गर्दै छोरीलाई उच्च शिक्षा अध्ययन गर्नबाट वञ्चित गराउन नहुने धारणा राखे । सामाजिक विकास राज्यमन्त्री विष्णु तुम्वाहाम्फेले राज्यको प्रत्येक संरचनामा महिलाको ५० प्रतिशत प्रतिनिधित्व हुनुपर्नेमा जोड दिए ।

मोरङका प्रमुख जिल्ला अधिकारी कोशराज दाहालले महिलामाथि हुने विभेद् अन्त्यका लागि ‘महिला मैत्री’ समाज निर्माणका लागि लाग्नुपर्ने आवश्यकता औल्याए । मन्त्रालयका सचिव दीर्घराज मैनाली, नेपाल पत्रकार महासङ्घ प्रदेश अध्यक्ष लीलावल्लभ घिमिरे, गैरसरकारी महासङ्घका उपाध्यक्ष सीता शर्माले समाज र राष्ट्रको प्रगतिमा महिलाको महत्वपूर्ण भूमिका हुने बताए ।

यसअघि देवकोटा चोकबाट शुरु भएको प्रभातफेरिले नगरको मुख्य मुख्य भाग परिक्रममा गरी आर्दश विद्यालयमा पुगी सभामा परिणत भएको थियो । यसैगरी आज आदर्श विद्यालको प्राङ्गणमा आयोजित खुल्ला रक्तदानको स्वास्थ्यमन्त्री यादवले रक्तदान गरी शुभारम्भ गरे ।

मुख्यमन्त्री राई शुभकामना

यसैबीच प्रदेश नं १ का मुख्यमन्त्री राईले ११२औँ अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसको अवसरमा लैङ्गिक समानता, महिला सशक्तिकरण, महिला अधिकारको सुनिश्चतताको कामना गरेका छन् ।

मुख्यमन्त्री राईले ‘सामाजिक न्याय र लैङ्गिक समानता, दिगो विकासको सुनिश्चिता’ भन्ने नाराका साथ आज मनाउन लागिएको दिवसको अवसरमा संसारभरिका दिदीबहिनीहरूमा हार्दिक शुभकामना व्यक्त गरेका छन् ।

अन्तर्राष्ट्रिय महिला दिवसका अवसरमा महिलामाथि हुने सबै किसिमका भेद्भाव तथा हिंसा अन्त्य गरी सभ्य समाज निर्माण गर्न नवीनतम् पहलका लागि हामी सबै एकजुट हौँ भन्ने आह्वान गर्दै मुख्यमन्त्री राईले नेपालको संविधानले गरेको व्यवस्था र महिला अधिकारका सम्बन्धमा अन्तर्राष्ट्रिय मञ्चमा नेपालले व्यक्त गरेका प्रतिबद्धताहरू पूरा गर्न हौसला प्रदान गर्ने विश्वास व्यक्क्त गरेका छन् ।

प्रतिक्रिया दिनुहोस