९ बैशाख २०८२, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

बढे हेलिकप्टरबाट गोसाईंकुण्ड जाने

अ+ अ-

रसुवा । रसुवाको उच्च भागमा अवस्थित पवित्र तीर्थस्थल गोसाइँकुण्डमा हेलिकप्टरबाट पुग्नेको सङ्ख्या बढ्दो छ । जिन्दगीमा एक पटक भए पनि पुग्नै पर्ने ठाउँका रूपमा गोसाइँकुण्डको धार्मिक महत्त्व रहेको छ । उकालो बाटो हिँड्दा कठिन हुने भएकाले यात्रा सहजताको लागि पछिल्लो समय अधिकांश यात्रुले गोसाईंकुण्ड जान हेलिकप्टर रोज्न थालेका हुन ।

स्थानीय होटेल व्यवसायी हेलिकप्टरमार्फत गोसाइँकुण्डको दर्शन गर्ने भक्तजनको सङ्ख्या बढ्दो बताउँछन् । गोसाईंकुण्ड समुद्र सतहदेखि चार हजार ३८० मिटर उचाइमा अवस्थित छ । हेलिकप्टर अवतरण गरेपछि एकाध बाहेकलाई लेक लाग्ने समस्या नआएको र उक्त समस्या समाधान गर्न अक्सिजनसमेत व्यवस्था मिलाइएको हेलिकप्टर कम्पनीले बताएका छन् ।

गोसाईंकुण्ड पैदल यात्रा गर्दा विशेष गरी लौरिबिनायकदेखि कुण्डसम्म लेक लाग्ने समस्या बढ्छ । आउन जान तीन/ चार दिनको समय लाग्ने एवं पैदल तथा हवाई मार्गको खर्च सरदरमा उत्तिकै पर्न जाने भएपछि पछिल्लो पुस्ताका यात्रु हेलिकप्टरतर्फ केन्द्रित हुन थालेका हुन् ।

हेलिकप्टरले काठमाडौँको एयरपोर्टबाट २६ मिनेटमै गोसाईंकुण्ड पुर्‍याउँछ । दर्शनका लागि आधा घण्टा भन्दा बढी अतिरिक्त समय दिन्छ । बिहानै भगवानको दर्शन गरेर खाना खान घरमै पुग्ने गरेको यात्रुहरू बताउँछन् ।

पैदल मार्गबाट तीर्थ पुग्न नसकेका ज्येष्ठ नागरिकलाई समेत यो सुविधा उपयोगी भएकाले अचेल धेरै ज्येष्ठ नागरिकलाई गोसाईंकुण्ड दर्शन गराइसकिएको सेवा प्रदायक संस्थाले जनाएको छन् । गोसाईंकुण्ड दर्शनका लागि सिम्रिक, अल्टिच्युड, फिष्टेल, डाइनेष्टिक, कैलाश, माउन्टेन, मनाङ, प्रभुसमेतका हेलिकप्टर कम्पनीले सेवा दिइरहेका छन् ।

हवाई मार्गबाट गोसाइँकुण्डको तीर्थ गर्दा बाटोमा देखिने अग्ला सेताम्मे हिमाल, छ्याङ, छ्याङ झरिरहेका पानीका झर्ना, हरियाली वन, ताल तलैयाले यात्रा मनमोहक बनाउने गरेको हावाइयात्रु काठमाडौँ सीतापाइलास्थित जनउद्धार माविका शिक्षक राजु केसीले बताए ।

हेलिकप्टर गोसाइँकुण्डको डिलमा अवतरण गरेपश्चात् भगवान् शिवको दर्शन गर्दा आनन्दको अनुभूति प्राप्त हुने र हेलिप्याडको डिलबाटै केही तल अवस्थित सरस्वती एवं भैरव कुण्डसमेत देखिने भएकोले यो यात्रा थप रमाइलो बनेको शिक्षक केसी बताउँछन् । तामाको दियोमा गाईको घिउ राखेर बत्ती बाल्ने, कपुरले धूप दीप गर्ने, बसाह र त्रिशूल, जटा भएको नरिवल एवं पहेँलो वस्त्र चढाइ जौ, तिल, केसरी, बेलपत्र र फूलले पूजाआजा गर्नुपर्ने चलन रहेको पुजारी टङ्कप्रसाद ढकालले बताए । समुन्द्र मन्थन गर्दा निस्केको कालकुट विष व्यवस्थापन गरेर प्राणी जगतलाई बचाउने देवताका पनि देव भगवान् महादेव गोसाइँकुण्डमा शिवजी हुनु भएकोले एक पटक भने पनि तीर्थ जानुपर्ने मान्यता रही आएको छ ।

प्रत्येक वर्ष गङ्गा दशहरा र जनै पूर्णिमा पर्वका अवसरमा लाग्ने विशेष मेला भर्न पैदल मार्गबाट वार्षिक रूपमा २०औँ हजार भक्तजन सो क्षेत्र पुग्ने गरे तापनि विगतको कोरोना सङ्क्रमण भएयता हावाइ यात्राको आकर्षण बढेको हो ।

रसुवा जिल्लाको गोसाईंकुण्ड गाउँपालिका–५ मा अवस्थित पवित्र तीर्थस्थल गोसाईंकुण्ड तीर्थमा डुबुल्की मारेपछि शरीरका रोग हट्ने र पूजाआजा गरेपछि मनोकाङ्क्षा पुरा भई नयाँ सोच विचार आउने, घर परिवारमा सुखशान्ति बढ्ने विश्वास रही आएको छ । पुस, माघ तथा फागुन महिनामा भने बढी हिमपात हुने कारण यस क्षेत्रको दृश्य निकै मनमोहक देखिन्छ।

पोखरीमा हिउँ जमेको समयमा हवाई मार्गबाट गएका भक्तजनले भगवान् विराजमान रहेका पवित्र कुण्डमा हिँड्ने गरेको पाइएकोले यस्ता कार्य नगर्न अनुरोध गरिएको छ ।

धार्मिक मान्यताअनुरूप कुण्डमाथि हिँड्दा पुण्य प्राप्त नहुने र अर्को तर्फ जमेको हिउँमाथि हिँड्दा हिँड्दै फुटेर गाडिन सक्ने समेत सम्भावना हुने भएकाले गोसाइँकुण्डको तालमाथि नहिँड्न पुजारीले आग्रह गरेका छन् ।

प्रतिक्रिया दिनुहोस