५ बैशाख २०८२, शुक्रबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

त्रिविका प्राध्यापकद्वारा उपकुलपतिसहितका पदाधिकारीको आलोचना

अ+ अ-

काठमाडौँ । त्रिभुवन विश्वविद्यालयका ३ वटा प्राध्यापक संघ/संगठनले उपकुलपति धर्मकान्त बास्कोटासहितका पदाधिकारीको आलोचना गरेका छन् ।

काँग्रेस, माओवादी केन्द्र, र जनता समाजवादी पार्टीनिकट प्राध्यापक संगठनले पदाधिकारी र विश्वविद्यालयको समस्या समाधान गर्न उदासीन रहेकाले मागप्रशस्त गर्नुपर्ने समेत माग गरेका हुन् ।

त्रिविमा नेपाल विद्यार्थी संघ र आंशिक प्राध्यापकहरुको करिब १ महिनादेखि तालाबन्दी जारी छ । उनीहरुलाई सत्तारुढ दलहरुले नै समर्थन गर्दै आएका छन् ।

विपक्षी एमालेनिकट प्राध्यापकसहित कर्मचारीले तालाबन्दी खुलाएर शैक्षिक वातारण बनाउनु पर्ने माग गरिरहेका बेला मंगलबार ३ संगठनको संयुक्त विज्ञप्ति आएको हो ।

वर्तमान पदाधिकारी नियुक्त भएपछि राजनीतिक पूर्वाग्रहका आधारमा कार्य गर्ने, विश्वविद्यालयलाई कुनै एक राजनीतिक मान्यताका आधारमा चलेर सरोकारवालाका मत र विचारलाई उपेक्षा गर्ने, आफूखुसी नियम बनाएर नियुक्ति लगायतका प्रक्रियामा समेत प्राज्ञिक मूल्यको अवहेलना गर्ने, आफैँले नियुक्त गरेका प्राध्यापकको अवमूल्यन गरी उनीहरूलाई अयोग्य भन्न सम्म पछि नपर्ने जस्ता अति अप्राज्ञिक, अमर्यादित क्रियाकलाप भएको विज्ञप्तिमा आरोप लगाइएको छ ।

प्रजातान्त्रिक प्राध्यापक संघका अध्यक्ष जगत तिमिल्सिना, नेपाल राष्ट्रिय प्राध्यापक संगठनका सहसंयोजक रमेश भट्टराई र एकीकृत प्रगतिशील प्राध्यापक संगठनका अध्यक्ष गोविन्द सुवेदीले संयुक्त रुपमा विज्ञप्ति जारी गरेका हुन् ।

प्रतिक्रिया दिनुहोस