९ बैशाख २०८२, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

महिला अधिकार र सशक्तीकरणका लागि सबै जुटौँ : प्रधानमन्त्री

अ+ अ-

काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवाले महिला अधिकार र सशक्तीकरणका लागि सबै एकजुट भएर लाग्नुपर्नेमा जोड दिएका छन् ।

११२ औँ अन्तर्राष्ट्रिय महिला दिवसका अवसरमा महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयले आयोजना गरेको मूल समारोहलाई सम्बोधन गर्दै उनले महिलाविरुद्ध हुने सबै खाले भेदभाव र हिंसाविरुद्ध अभियानकै रूपमा जुट्न आग्रह गरे ।

प्रधानमन्त्री देउवाले महिला सशक्तीकरण हामी सबैको साझा सरोकारको विषय भएकाले तीन वटै तहका सरकारले आ–आफ्नो क्षेत्रबाट समन्वयात्मक तवरले पहल गर्न आवश्यक रहेको बताए । उनले देशको कानुनी व्यवस्थाको प्रभावकारी कार्यान्वयन गरी महिलाको लैङ्गिक, सामाजिक, आर्थिक र राजनीतिक अधिकार सुनिश्चित गर्न सबै प्रतिबद्ध हुनुपर्नेमा पनि जोड दिए ।

प्रधानमन्त्री देउवाले संविधानले महिलाको हकलाई मौलिक हकको रूपमा स्थापित गरेको तथा राज्यका सबै निकायमा महिलाको समानुपातिक सहभागिता सुनिश्चित भएको बताए । उनले भने, ‘नेपालको संविधानले महिलाउपर हुने सबै प्रकारका भेदभावको अन्त्य गर्दै समानुपातिक, समावेशी एवं समतामूलक समाजको निर्माण गर्ने सङ्कल्प गरेको छ ।’

उनले संविधानले महिलाको हकलाई मौलिक हकका रूपमा स्थापित गरी उनीहरूलाई लैङ्गिक भेदभाव बिना समान वंशीय हक, सुरक्षित मातृत्व र प्रजननसम्बन्धी हक, पैतृक सम्पत्तिलगायत सबै विषयमा समान हकको प्रत्याभूति गरेको बताए । उनले भने, ‘महिलाविरुद्ध हुने कुनै पनि किसिमको हिंसाजन्य कार्य र शोषणलाई दण्डनीय बनाएको छ ।’

प्रधानमन्त्री देउवाले महिलालाई सामाजिक, राजनीतिक, सांस्कृतिक र आर्थिक अवसरमा बिना कुनै भेदभाव समान अवसर उपलब्ध गराउन र लैङ्गिक समानताको बाटोमा अघि बढ्न दिवसले उत्प्रेरित गर्दै आएको उल्लेख गरे । उनले लैङ्गिक समानता र महिला विकासका लागि राज्यका तर्फबाट भएका नीतिगत, कानुनी, संरचनागत एवं प्रक्रियागत सुधारको फलस्वरूप राजनीति र प्रशासनको क्षेत्रमा महिलाको प्रतिनिधित्व र सहभागिता उल्लेखनीय रूपमा वृद्धि भएको बताए ।

कार्यक्रममा महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री उमा रेग्मीले महिलाको प्रतिनिधित्व राजनीतिक, आर्थिक एवं सामाजिक क्षेत्रमा क्रमशः वृद्धि भएको तथा मातृ मृत्युदरमा उल्लेखनीय सुधार, महिलाको कूल साक्षरतादारमा वृद्धि एवं आर्थिक सशक्तीकरणका सूचकमा सकारात्मक परिवर्तन भइरहेको भए पनि समाजमा विद्यमान पितृसत्तात्मक सोच र व्यवहारलाई निवारण गर्न नसक्नु चुनौतीको विषय भएको उल्लेख गरे ।

उनले घरेलु हिंसा, बोक्सीको नाममा हुने ज्यादती, बलात्कार, यौन हिंसा, अमर्यादित महिनावारी, दाइजो प्रथा, बालविवाह, बहुविवाह, मानव बेचबिखन जस्ता स्वरूपमा विद्यमान विकृतिले महिलालाई सम्मान गर्ने हाम्रा मौलिक सभ्यताको उपहास भइरहेको टिप्पणी गरे । मन्त्री रेग्मीले घरभित्रै जरो गाडेको महिला हिंसा र असमानतालाई निर्मूल नपारेसम्म देश र समाजको आर्थिक सामाजिक विकास नहुने धारणा राखे ।

ऊर्जा जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालले महिलालाई संविधान र राज्यले अवसर दिएको भन्दै सोही आधारमा महिलाले दक्षता र क्षमताका आधारमा आफ्नो अधिकारको कार्यान्वयनका लागि पहल गरिनुपर्नेमा जोड दिए । महिला अधिकारका सवालमा अझै पनि राज्यको नीति र व्यवहारमा चुनौती रहेको भन्दै उनले प्राप्त अधिकारको कार्यान्वयनका साथै प्राप्त भई नसकेका अधिकारका लागि रचनात्मक सङ्घर्ष जरुरी भएको बताए ।

सहरी विकास मन्त्री रामकुमारी झाँक्रीले संविधानले महिला हक अधिकारको सुनिश्चितता गरे पनि यसको व्यवहारिक कार्यान्वयन तथा राज्यका हरेक निकायमा महिला सहभागिताको सुनिश्चितता र सामाजिक न्यायसहितको समानताको अधिकारका निम्ति खबरदारी गर्न जरुरी छ भने । उनले समाजमा व्याप्त महिला हिंसा, बलात्कारजन्य घटना आदिको निर्मूल पार्न सबै जुट्नुपर्नेमा जोड दिए ।

राष्ट्रिय महिला आयोगका अध्यक्ष कमला पराजुलीले महिला राज्यको उपल्लो निकायमा पुग्नु सकारात्मक परिणाम हो भन्दै अझै पनि महिलाको भूमिका र पहुँच प्रभावकारी हुनुपर्ने बताए । उनले अझै पनि महिलाको वंश र अंशको अधिकारमा समानता आउन नसकेको तथा महिला हिंसा, बलात्कार, बोक्सीको आरोप, दाइजो प्रथा आदि समाजमा जकडिएकाले यसलाई जरैदेखि निर्मूल पार्न सबै जुट्नुपर्ने खाँचो औँल्याए ।
राष्ट्रिय मानवअधिकार आयोगका अध्यक्ष तपबहादुर मगरले संवैधानिक रूपमै महिला अधिकारको सुनिश्चितता भए पनि कतिपय कानुन कार्यान्वयन नभएका कारण बालविवाह, जघन्य हिंसा, बलात्कारजन्य घटना बढेकोमा चिन्ता व्यक्त गरे । उनले मानवअधिकार र महिला अधिकारको प्रवर्द्धनका लागि आयोगले विशेष भूमिका निर्वाह गर्ने विश्वास दिलाए ।

राष्ट्रिय योजना आयोगका सदस्य सलोनी प्रधान सिंहले महिलाले लामो सङ्घर्ष पश्चात् राज्यको निर्णायक भूमिकामा पुगेको भन्दै अझै पनि सबै प्रकारका विभेद र प्रथाको अन्त्यका लागि सङ्घर्षलाई जारी राख्नुपर्नेमा जोड दिए । महिला मन्त्रालयका सचिव हरिप्रसाद मैनालीले संविधानले व्यवस्था गरेको मौलिक हकको प्रभावकारी कार्यान्वयनमा राज्यका सबै संरचनाले समन्वयात्मक ढङ्गले काम गर्न जरुरी भएको बताए ।

‘सामाजिक न्याय र लैङ्गिक समानता ः दिगो विकासको सुनिश्चितता’ भन्ने राष्ट्रिय नाराका साथ २०७८ को महिला दिवस मनाइएको हो । नारी मुक्ति आन्दोलनका अभियन्ताको पहलमा सन् १९१० को मार्च ८ मा महिला कामदारमाथि भएको श्रम शोषणविरुद्ध आवाज उठाएको दिनको स्मरण गर्न तथा महिला हक अधिकार स्थापित गर्न सङ्घर्ष सुरु गरेको दिनका रूपमा विश्वभर अन्तर्राष्ट्रिय महिला दिवस मनाउने गरिएको छ ।

प्रतिक्रिया दिनुहोस