८ बैशाख २०८२, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

स्थानीय चुनावका लागि कांग्रेसले खटायो नेता, को कहाँ ? (सूचीसहित)

अ+ अ-

काठमाडौँ । नेपाली कांग्रेसले स्थानीय तह चुनाव केन्द्रित अभियानका लागि केन्द्रीय प्रतिनिधि खटाएको छ।

केन्द्रीय सदस्यहरूलाई जिल्ला तोकेर प्रतिनिधिका रूपमा खटाइएको छ। केन्द्रीय प्रतिनिधिहरू फागुन २७ भित्र सम्बन्धित जिल्ला गइसक्नुपर्नेछ।

कांग्रेसले यही फागुन २९ देखि चैत २९ सम्म एक महिना ,घरघर जाऔँ, काँग्रेस जिताऔ,अभियान सञ्चालन गर्दैछ। त्यस लगत्तै वडा र पालिकाका उम्मेदवार तय गरेर दोस्रो चरणको घरदैलो अभियान हुनेछ।

पार्टी सभापतिसमेत रहेका प्रधानमन्त्री शेरबहादुर देउवाले चुनावी अभियान प्रभावकारी बनाउन निर्देशन दिएका छन्। पार्टीले जित्ने गरी तयारी गर्न उनको निर्देशन छ।

तर गाउँ गाउँमा जाँदा गठबन्धन दल र प्रमुख प्रतिपक्षी नेकपा एमालेलाई चित्त दुख्ने अभिव्यक्ति नदिन पनि उनले नेताहरूलाई निर्देशन दिएका छन्।

कांग्रेसले आठ उद्देश्यका लागि केन्द्रीय नेता गाउँ खटाएको छ। जसमा चुनावमा पार्टीका उम्मेदवार जिताउन मतदानको माहौल मिलाउनेदेखि एमसीसीबारेका भ्रम चिर्नेसम्म छन्।

०७९ वैशाख ३० मा स्थानीय चुनाव हुँदै छ। कांग्रेसले यसपालि विगतका चुनावभन्दा फरक ढङ्गले प्रचारप्रसार र कार्यकर्ता परिचालन गर्न खोजेको छ।

केन्द्रीय प्रतिनिधि जिल्लाका हरेक पालिकामा कम्तीमा एक पटक पुग्नुपर्नेछ। आफ्ना कुरा राख्नेभन्दा पनि जनताका कुरा धेरै सुन्न पनि कांग्रेसले प्रतिनिधिहरूलाई निर्देशन दिएको छ।

हेर्नुस् कसलाई कहाँ खटाइयो:

प्रतिक्रिया दिनुहोस