१५ बैशाख २०८२, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

सात महिनामा २७ अर्बको झन्डै ३९ क्विन्टल सुन आयात

अ+ अ-

काठमाडौँ । नेपाल राष्ट्र बैङ्कले सुन आयातमा कडाइ गरेको छ। पहिले दैनिक २० किलो सुन ल्याउन पाउनेमा अब दस किलो मात्र ल्याउन पाइनेछ।

हामीकहाँ विदेशी मुद्राको सञ्चिती कम हुँदै गएको अवस्थामा आयात कम गर्न सुनमा कडाइ गरिएको हो। सुन आयात गर्दा ठुलो मात्रामा विदेशी मुद्रा बाहिरिन्छ।

यो वर्ष हामीकहाँ सुन आयात अघिल्ला वर्षको तुलनामा धेरै बढेको पनि छ।

चालु आर्थिक वर्षको सात महिनामा मात्र झन्डै ३९ क्विन्टल सुन भित्रिएको छ। भन्सार विभागको तथ्यांकअनुसार साउनदेखि माघसम्म ३ हजार ८ सय ८३ किलो सुन आयात भएको हो।

यति सुन भित्र्याउन करिब २७ अर्ब ६२ करोड ८३ लाख रुपैयाँ बाहिरिएको छ।

यस वर्ष सात महिनामा भित्रिएको परिमाण बराबरको सुन पोहोर पूरा वर्षमा मात्र भित्रिएको थियो। गत आर्थिक वर्ष, ०७७–०७८ मा ३ हजार ९ सय ४५ किलो सुन आयात भएको थियो। त्यसका लागि देशबाट २७ अर्ब ४८ करोड ६१ लाख रुपैयाँ बाहिरिएको थियो।

आर्थिक वर्ष ०७६–०७७ मा भने २ हजार ४ सय ४० किलो सुन आयात भएको थियो। त्यसका लागि करिब १३ अर्ब ६४ करोड रुपैयाँ बाहिरिएको थियो।

एक वर्षको अन्तरालमै सुनको आयात र यसका लागि बिदेसिने मुद्रा दोब्बर बढी भइसकेको छ।

यसपालि पनि आइतबार राष्ट्र बैङ्कले सीमा घटाउनु अघिकै परिमाणमा (दैनिक २० किलो) आयात हुने हो भने पोहोरको तुलनामा दोब्बर हुने देखिन्छ।

पोहोर पूरा वर्षमा भित्रिएको सुन अहिले आधा वर्षमै भित्रिसकेको र त्यति नै रकम बाहिरिइसकेको छ। यो आर्थिक वर्षको पाँच महिना बाँकी नै छ। यो अवधिमा हामीकहाँ बिहेको सिजन पनि पर्छ। त्यस कारण सुन आयात अझै बढ्ने देखिन्छ। सुनको भाउ पनि पोहोरभन्दा धेरै नै बढेको छ र बढिरहेकै छ। भाउ बढ्ने र आयात सहज हुने हो भने पोहोरभन्दा सुन आयात दोब्बर हुने निश्चित छ।

प्रतिक्रिया दिनुहोस