४ बैशाख २०८२, बिहीबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

जनताबाट आशा र विश्वास आर्जन गरिरहेका छौँ : अध्यक्ष नेपाल

अ+ अ-

काठमाडौँ । नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष  माधवकुमार नेपालले कम्युनिस्ट आन्दोलनको विरासतलाई जोगाउँदै जनताको आशा, भरोसा र विश्वासको केन्द्रका रूपमा आफ्नो पार्टीलाई स्थापित गर्ने दृढता व्यक्त गरेका छन् ।

पार्टीको केन्द्रीय कमिटीको तेस्रो पूर्ण बैठकको आज यहाँ शुभारम्भ गर्दै उनले कम्युनिस्ट क्रान्तिकारी धारको विरासतलाई काँधमा बोकेर अघि बढ्ने सङ्कल्पका साथ एमालेबाट विद्रोह गर्न परेको घटना सुनाए ।

उनले भने, ‘राष्ट्रियता, लोकतन्त्र, गणतन्त्र, सामाजिक न्याय, समानता र रूपान्तरणको सवालमा जनताबाट आशा र विश्वास आर्जन गरिरहेका छौँ ।’ नेता तथा कार्यकर्ताको कार्यशैली, आचरण र व्यवहारलाई नितान्त जनअपेक्षाअनुरूप सुधार्न आवश्यक रहेको उल्लेख गर्दै उनले कम्युनिस्ट पार्टीको इज्जत जोगाउने मात्र नभई लक्ष्य र योजनालाई साकार तुल्याउन दृढताका साथ अघि बढ्न जरुरी रहेको बताए ।

अध्यक्ष नेपालले भने, ‘जनतासँग एकाकार भएर अघि बढ्छौँ, जनतालाई सचेतना प्रदान गर्छौँ, कार्यकर्तालाई योग्य तुल्याउँछौँ, पार्टीका सम्पूर्ण ध्यान स्थानीय तहको निर्वाचनमा केन्द्रित हुनेछ, योजना र शक्ति परिचालन निर्वाचनमुखी हुनेछ ।’

गठबन्धन दलका घटकसँग निर्वाचनमा पनि मिलेर जान सकिने बताउँदै उनले भने, ‘आफ्नो शक्तिका बारेमा जानकारी लिएर सही मूल्याङ्कन र विश्लेषण हुन पर्‍यो, एमसीसीका नाममा गठबन्धन तोड्ने अनेकौँ प्रयास भए पनि गठबन्धनबिचको सहमति कायम रहने छ ।’

पार्टी महासचिव डा. वेदुराम भुसालले पार्टीको राजनीतिक प्रतिवेदनमाथि नौ समूह बनाएर छलफल गरिने जानकारी दिए । उनले सचिवालय र पोलिटब्यूरोले गरेका निर्णय प्रस्तुत भई पारित गर्नेसमेत कार्यसूची रहेको जानकारी दिए ।

पार्टी प्रवक्ता जगनाथ खतिवडाले बैठकमा एमसीसीको विषयसमेत समेटिएको राजनीतिक प्रतिवेदन, आगामी कार्य योजना, स्थानीय तह निर्वाचन तयारी, समसामयिक प्रस्ताव र सङ्गठन विस्तार योजनाका विषयमा विस्तृत र गहन छलफल हुने बताए ।

उनले भने, ‘राष्ट्रव्यापीरुपमा सिङ्गो देशको राजनीतिक शक्ति र नेपाली जनतालाई चुनावी माहौल बनाउनका निम्ति, निर्वाचनमा जानका निम्ति, प्रतिस्पर्धामा भाग लिएर अघि बढ्न आह्वान गर्छौँ, पार्टीका नेता तथा कार्यकर्ता चुनावमा श्रेष्ठता हासिल गरेर पार्टीको शिर उच्च राख्न आग्रह गर्छौँ ।’

बैठकमा पार्टीका वरिष्ठ नेता झलनाथ खनाल, नेता राजेन्द्र पाण्डे, मेटमणि चौधरी, गङ्गालाल तुलाधरसहित केन्द्रीय कमिटीका ३३५ सदस्य सहभागी रहेको जानकारी दिइयो । यसअघि उक्त पार्टीले पहिलो पूर्ण बैठक गत असोज र दोस्रो बैठक कात्तिकमा सम्पन्न भएको थियो ।

प्रतिक्रिया दिनुहोस