७ बैशाख २०८२, आईतवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

दुई बजेदेखि सिंहदरवारमै छैन बिजुली !

अ+ अ-

काठमाडौँ । देशको मुख्य प्रशासनिक केन्द्र सिंहदरवारमै मध्यान्ह दुई बजेदेखि विद्युत् सेवा अवरुद्ध भएको छ ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयदेखि देशका दुई दर्जन बढी मन्त्रालय र महत्त्वपूर्ण आयोग तथा निकायहरूसमेत रहेको सिंहदरवार परिसरमै चार घण्टासम्म बिजुली अवरुद्ध हुँदा कैयन महत्त्वपूर्ण कामहरू प्रभावित हुन पुगेका छन् ।

‘कति महत्त्वपूर्ण कामहरू बत्ती नभएकै कारण रोकियो’ एक सचिवले भने, ‘बुझ्न लगाउँदा बन्दै छ भन्छन् भनेकै घण्टौँ भई सक्यो अझै आउने अत्तोपत्तो छैन’

विद्युत् प्राधिकरणको ढिलासुस्तीका कारण आजको कार्यालय समय नै बत्ती कुर्दाकुर्दै सकिएको छ ।

सर्वोच्च अदालत र जिल्ला अदालतमा मेजर फल्ट भएका कारण सिंहदरवारमा बिजुली अवरुद्ध बनेको नेपाल विद्युत् प्राधिकरण रत्नपार्क वितरण केन्द्रका प्रमुख वीरेन्द्र कुमार सिंह बताउँछन् । चार पाँच वटा पोलमा लाइन करेक्सन गर्ने जम्परहरू सबै खाएको छ सिंहले भने सिंहदरवारमा ठाउँ एकातिर गेट अर्कातिर भएकोले पनि कर्मचारीलाई पुग्न र काम गर्न अलि समय लागेको हो, अब बनिहाल्छ ।

राष्ट्रिय मात्रै होइन, अन्तर्राष्ट्रिय सम्पर्क र सम्बन्धका निकायहरू अवस्थित प्रमुख प्रशासनिक केन्द्रमा बिग्रिएको बिजुली बन्न घण्टौँ लाग्नुले पनि हाम्रो सेवा प्रवाहको अवस्था दर्साउँछ भने ब्याकअपसमेत नहुनुले हाम्रा कामकारबाही के कति दूरदर्शी, परिपक्व र जिम्मेवारपूर्ण ढङ्गले अघि बढिरहेका छन् भन्ने झल्काउँछ ।

प्रतिक्रिया दिनुहोस