१० बैशाख २०८२, बुधबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

डान्सबारमा अश्लीलता प्रदर्शन गर्न नपाइने, ३० दिनसम्म सीसीटिभी फुटेज राख्नुपर्ने

अ+ अ-

काठमाडौं । सरकारले होटेल, रेस्टुराँ, डान्स बार, क्लबलगायतका रात्रिकालीन व्यवसायमा सञ्चालका लागि मापदण्ड बनाएको छ ।

गृह मन्त्रालयका शान्ति सुरक्षा महाशाखाका प्रमुख फणीन्द्रमणि पोखरेल नेतृत्वको कार्यदलले दिएको सुझाव अनुसार सरकारले मापदण्ड तयार बनाएर रात्रिकालीन व्यवसायलाई रातभर खुला राख्न दिने निर्णय गरेको छ ।

मापदण्डमा डान्स बार तथा नृत्य प्रस्तुत हुने स्थानमा अश्लीलता प्रदर्शन हुने गरी नाच्न नपाइने भनिएको छ । ‘नृत्य प्रदर्शन गर्ने कलाकारहरूले सीपमूलक नृत्य प्रदर्शन गर्नुपर्ने छ’ मापदण्डमा भनिएको छ, ‘आन्तरिक तथा बाह्य पर्यटनलाई टेवा पुग्ने सेवाग्राहीको रूपमा सेवा लिन आउने सबै पाहुनालाई स्वस्थ मनोरञ्जन प्रदान गर्नुपर्नेछ ।’

कानुन अनुसार इजाजत प्राप्त गरेर मात्र मनोरञ्जन प्रदान गरेर आर्थिक वृद्धिमा टेवा पुर्‍याउने गरी व्यवसाय सञ्चालन गर्नुपर्ने भनिएको छ । रात्रिकालीन व्यवसायमा काम गर्ने कामदारलाई पद अनुसार पोसाक, रातिको खाना र घरसम्म पुग्ने यातायातको सुविधा पनि उपलब्ध गराउनुपर्ने भनिएको छ ।

‘सेवा लिइसकेपछि व्यवसाय स्थलबाट आफ्नो घरसम्म पुर्‍याइदिन ग्राहकले अनुरोध गरे सम्बन्धित व्यवसायीले स–शुल्क सवारीसाधनको व्यवस्था गर्नुपर्नेछ’ मापदण्डमा भनिएको छ, ‘आन्तरिक सुरक्षाका लागि व्यवसायीले पोसाक र परिचयपत्र साथमा सुरक्षा गार्डलाई राख्नुपर्नेछ ।’

पर्यटन, होटेल, रेस्टुरेन्ट तथा मनोरञ्जनात्मक क्षेत्रमा बाल श्रमिकको प्रयोग गर्न नपाइने पनि भनिएको छ । साथै, १८ वर्ष उमेर नपुगेका बालबालिकालाई डान्स, रेस्टुरेन्ट, बार, लाइभ ब्याण्ड, लाउन्ज बार, पवबार, क्लब, डिस्को जस्ता व्यवसायमा ग्राहकको रूपमा प्रवेश गर्न पनि निषेध गर्नुपर्ने भनिएको छ ।

‘सबै वयवसायीहरुले आफ्नो व्यवसायको निर्धारित मूल्य सूची विपरीत अनावश्यक रूपमा बिलिङ गरी ग्राहकलाई गैर कानुनी रूपमा दुःख दिन पाइने छैन’ मापदण्डमा भनिएको छ ।

मापदण्ड अनुसार अब सुरक्षाका लागि सीसी टिभीबाट निगरानी गर्नुपर्ने भनिएको छ । साथै, कम्तीमा ३० दिनको रेकर्ड रहने गरी फुटेज राख्नुपर्ने भनिएको छ ।

‘व्यवसायीले अनिवार्यरुपमा साउन्ड कन्ट्रोल सिस्टम जडान गरेर ध्वनि प्रदूषण हुन नदिने व्यवस्था गर्नुपर्ने छ’ मापदण्डमा भनिएको छ, ‘आफ्नो व्यवसायको परिसरभित्र तथा आगमन र प्रस्थान हुँदा नजिकको क्षेत्रसम्म बत्तीको व्यवस्था गर्नुपर्नेछ ।’

प्रतिक्रिया दिनुहोस